Logo
१३ बैशाख २०८१, बिहीबार
(August 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाका कारण जनैपूर्णिमाको दिन देखाउने हिले नाच स्थगित

मकवानपुरको थाहा नगरपालिका वडा नं १ का कुलगाउँ र कुन्छालका नेवार समुदायले हरेक वर्षको जनैपूर्णिमाको दिन देखाउने हिलेनाच यस वर्ष स्थगित भएको छ ।

सरकारले बन्दाबन्दी खोले पनि कोभिड–१९ को जोखिम कायमै रहेकाले नाच स्थगित गरिएको कुन्छालका शिक्षक निराजन गोपालीले जानकारी दिए । परम्पराअनुसार कुलगाउँ र कुन्छालका नेवार समुदायले हरेक वर्ष जनै पूर्णिमाको दिन आलोपालो गरीे नाच देखाउँदै आएका थिए । अघिल्लो वर्ष कुन्छालले तयार पारेको यस नाच यस वर्ष कुलगाउँको जिम्मेवारीमा परेको थियो ।

दुईमध्ये एउटा गाउँमा तयार पारिएको नाच पहिले आफ्नो गाउँमा देखाएर जनैपूर्णिमाकै दिन अर्को गाउँमा लैजाने चलन रही आएको छ ।

नाचमा परम्परागत कृषि कर्मअन्तर्गत धान रोपाइँका विभिन्न भूमिकालाई नाच र अभिनयमार्फत प्रदर्शन गर्ने गरिन्छ ।

प्रकाशित मिति: Aug 3, 2020

प्रतिक्रिया दिनुहोस्