Logo
१३ बैशाख २०८१, बिहीबार
(August 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनकपुरधाममा सोमबार रातिदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी

प्रदेश नं २ स्थित जनकपुरधाम उपमहानगरपालिकामा कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सोमबार रातिदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ ।

आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले जनकपुरधाममा सोमबार राति १२ बजेदेखि लागू हुने गरी एक सातासम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

उनका अनुसार जनकपुरधाम उपमहानगरपालिकाका साथै उत्तरमा महेन्द्रनगर नजिकको औरही पुलसम्म निषेधाज्ञा जारी गरिनेछ । निषेधाज्ञाको समयमा अति आवश्यक कामबाहेक सबैलाई घरभित्र बस्न आग्रह गरिएको उनले बताए ।

स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ ९३० र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम निषेधाज्ञा लगाउने निर्णय भएको भट्टराईले जानकारी दिए ।

प्रदेश २ को बीरगंज, राजविराज र जलेश्वरमा यसअघि नै निषेधाज्ञा जारी गरिसकिएको छ ।

प्रकाशित मिति: Aug 2, 2020

प्रतिक्रिया दिनुहोस्