Logo
१३ बैशाख २०८१, बिहीबार
(August 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेयर-उपमेयरबीच बेमेल : भ्रष्टाचारविरुद्धको नाराबाजीपछि झडप

उदयपुर : उदयपुरको वेलाका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीले मेयरले भ्रष्टाचार गरेको भन्दै सामाजिक सञ्जालमा लेखेसँगै सुरु भएको तनाव झडपको अवस्थामा पुगेको छ । आइतबार नगरपालिकामा झडपको स्थिति बनेको हो ।

चौधरीले मेयरमाथि भ्रष्टाचारको आरोप लगाउँदै आएकी थिइन् । मेयरमाथि भ्रष्टाचार आरोप लगाएकी उनले पछि आवेश र उत्तेजनामा आएर त्यस्तो बताएको भन्दै आत्मआलोचना गरेकी थिइन् । मेयर र उपमेयर दुवै नेकपाबाट निर्वाचित हुन् ।

स्थानीय जनप्रतिनिधि र कर्मचारीले मनलाग्दी र अनियमितता गरेको आरोप लगाउँदै विपक्षी नेपाली कांग्रेससहितको विपक्षी गठबन्धनले नगरपालिका घेराउ गरेको छ । यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा केही प्रहरीसहित दर्जनभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् । टाउको र खुट्टामा चोट लागेका उनीहरूको स्वास्थ्य केन्द्रस्थित स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: Aug 2, 2020

प्रतिक्रिया दिनुहोस्