Logo
१५ चैत्र २०८०, बिहीबार
(August 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफ्नै परिवार र समाजको घृणा सहन नसकेर धनुषाका ३५ वर्षीय यादवले गरे आत्महत्या !

आफ्नै परिवार र समाजको घृृणा  सहन नसकेर प्रदेश २ स्थित धनुषाका ३५ वर्षीय एकजना युवा विशेश्वर यादवले आत्महत्या गरेका छन् ।

प्रहरीले आत्महत्याको कारणको खुलासा नगरेपनी कोरोना संक्रमित भएपछि उक्त युवाले सहनुपरेको पीडा एक जना अधिकारकर्मीले यसरी पोष्ट गरेका छन् ।

राज रजकले समाजिक संजाल मार्फत सार्वजनिक गरेका यादवको वृतान्त जस्ताको त्यस्तै :

हिजो मिथिला विहारी नगरपालिका वडा नं. २, धनुषाका बिशेसर यादवले आत्महत्या गर्न बाध्य भए । ३५ बर्षको थियो । हिजो वेलुका परशुराम तलाउ (कोरेन्टीन सेन्टर) को बगैचामा रुखमा झुण्डिएर आत्महत्या गरे ।

म यो घटनालाई आत्महत्या भन्दिन् । हत्या हो । जनकपुर आइसोलेसन र नगरप्रमुखको लापरवाहीको कारण भएको घटना हो । परिवारको पनि हाथ छ । समाज पनि जिम्मेवार छ ।

विशेसर यादव दिल्लीमा हल्दिराम भुजिया कम्पनिमा काम गर्थे । कोरोना महामारीवाट बच्न घर फर्के । आफ्नै गाऊको परशुराम तलाउ उच्च माध्यमिक विद्यालयमा १४ दिनसम्म कोरेन्टाइनमा बसे । कोरेन्टाइनमा हुँदा पिसिआर जाँच गराए । जाच पोजिटभ आयो ।

त्यसपछि जनकरपुर आइसोलेसनमा भर्ना भए । आइसोलेसनमा करिब १० दिन बसे । आइसोलेसनमा कुनै थप जाच गरेन् । कुनै लक्षण पनि देखिएन । त्यसपछि जनकपुर आइसोलेसनले फेरी पिसिआर जाच नगरि घर पठाइदियो ।

जबकि आइसोलेसनवाट घर पठाउनु अगाडि फेरी पिसिआर गर्नु पथ्र्यो । जाँच निगेटिभ आएको खण्डमा मात्र घर पठाउन मिल्थ्यो । तर, विना जाँच धमाधम संक्रमितलाई घर पठाउदै छ ।

घर आईसके पछि परिवारले घरमा पस्न दिएन । बाहिर बस्न भन्थ्यो । परिवारले खाना पनि पातमा दिने गथ्र्यो । केहि दिन अझै बाहिर बस भन्थे । नगरपालिकाको मेयरलाई पनि बारम्बार पिसिआर जाचको लागि अनुरोध गर्थे ।

हिजो विहान पनि मेयरलाई पिसिआर जाच गराईदिन अनुरोध गरेको रहेछ । तर, मेयरले सुनेन । मलाई कुनै लक्षण छैन् । घरका मान्छेले मसँग घृणा गर्छ । समाजका मान्छेले मलाई देखेर मुख छोप्छन् । बाटो काट्छन् ।

मलाई फेरी पिसिआर जाँच गराईदिनु । म पनि बच्चासँग, परिवारसँग बस्न चाहन्छु । म पनि समाजसँग बस्न चाहन्छु । घरमा बस्न चाहन्छु । तर, कसैले एक नसुने पछि हिजो वेलुका कोरेन्टाइनको छेउमा रहेको रुखमा झुण्डिएर आत्महत्या गरे ।

जनकपुर आइसोलेसनले पिसिआर जाँच नगरि संक्रमितलाई घर पठाउदै छन् । यतिसम्म लापरवाही किन ? के को लागि ? कहाँ छ सरकार ? कहाँ छ अधिकारकर्मि ? यस्ता घटना दिनहुँ घटिरहेको छ ।

प्रकाशित मिति: Aug 1, 2020

प्रतिक्रिया दिनुहोस्