Logo
१३ बैशाख २०८१, बिहीबार
(July 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कारोनाले भयावह रुप लिन थालेपछि आज अहिलेसम्मकै धेरै पीसीआर परीक्षण

नेपालमा शुक्रबार अहिलेसम्मकै धेरै पीसीआर परीक्षण भएकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १० हजार ७ सय ६८ जनाको पीसीआर परीक्षण गरिएको जानकारी दिए। यो अहिलेसम्मकै बढी पीसीआर परीक्षण हो।

पछिल्लो समय सरकारले पीसीआर परीक्षणको दायरा घटाउँदै लगेको भन्दै सरकारको आलोचना भइरहेको छ।

बिहीबार बसेको कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) निर्देशक समितिको बैठकले कोरोना संक्रमणको जोखिम देखिएका ठाउँ सिल गरेर परीक्षणको दायरा बढाउने निर्णय गरेको थियो।

काठमाडौँ उपत्यकामा कोरोनाको जोखिम बढ्दै गएपछि सरकारले केही दिनदेखि काठमाडौँ उपत्यका भित्रिने मुख्य नाका नागढुंगा, साँगा र फर्पिङमा राजधानी भित्रिने यात्रुहरुको स्वाब संकलन गर्न सुरु गरेको छ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले यसअघि असार १५ गतेबाट पीसीआर परीक्षणको दायरा दैनिक १० हजार पुर्‍याउने बताएका थिए। तर स्वास्थ्य मन्त्रीले दैनिक १० हजार पीसीआर परीक्षण गर्ने दावी गरेको एक महिनापछि मात्र शुक्रबार १० हजार पीसीआर परीक्षण भएको हाे।

प्रकाशित मिति: Jul 31, 2020

प्रतिक्रिया दिनुहोस्