Logo
७ बैशाख २०८१, शुक्रबार
(July 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अहिलेसम्म वीरगञ्जमा २ सय ४६ जनामा संक्रमण पुष्टि हुँदा १० जनाको मृत्यु

प्रदेश २ स्थित बीरगञ्जमा थप ४४ जनामा कोरोना भाइरस पोजिटिभ पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति गरिएको परीक्षणमा २ जना चिकित्सकसहित थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये दुईजना बारा र एकजना रौतहटका छन् । नारायणी अस्पतालको प्रयोगशालामा गएराति परीक्षण गर्दा २ जना चिकित्सकसहित थप ४४ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

यो महिनामा मात्र पर्सामा २ सय ४६ जनामा संक्रमण पुष्टि हुँदा १० जनाको मृत्यु भएको छ । नारायणी अस्पतलाका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार कन्ट्र्याक्ट ट्रेसिङमा २ जना चिकित्सकसहित ११ जना स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको छ ।

नारायणी अस्पतलामा डायलसिस गराउने ३ जना मृगौला विरामीमा पनि कोरोना पोजिटिभ देखिएको छ । नारायणी अस्पतलाका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका अनुसार यहाँको प्रयोगशालामा बिहीबार राति गरिएको परीक्षणमा १२ महिलासहित ४४ जनामा कोरोना संक्रमण देखिएको हो ।

कन्टयाक्ट ट्रेसिङमा दुईजना चिकित्सकसहित ११ जना स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको छ । संक्रमित स्वास्थ्यकर्मी नारायणी अस्पतालको आइसियु, मेडिकल र ओपडी विभागका हुन् ।

एडभान्स मेडिकेयर र अन्य अस्पतालका स्वाथ्यकर्मीमा समेत संक्रमण देखिएको छ । यसैगरी वीरगन्जको दुईवटा औषधि उद्योगका ४ जना कर्मचारीमा संक्रमण देखिएको छ ।

गत आइतबार रेल्वे स्कुलमा गरिएको मास ट्रेसिङबाट १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मास ट्रेसिङमा पोजिटिभ आएका दुईजनामा ज्वरो र खोकीको लक्षण देखिएको छ । संक्रमित ४४ जना मध्ये दुईजनाले आफ्नै पैसामा परीक्षण गराएका थिए ।

 

प्रकाशित मिति: Jul 31, 2020

प्रतिक्रिया दिनुहोस्