Logo
१३ बैशाख २०८१, बिहीबार
(July 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्णाली प्रदेश बाढी पहिरोको चपेटामा : मनसुन सुरु भएयता ३५ जनाको मृत्यु

सुर्खेत : मनसुन सुरु भएयता कर्णाली प्रदेश बाढी पहिरोको चपेटामा परेको छ । मनसुन सुरु भएपछि नै कर्णालीमा मात्र बाढी पहिरोमा परी ३५ जनाको मृत्यु भैसकेको छ ।

शुक्रबार दिउँसोसम्मको अध्यावधिक तथ्यांकअनुसार जाजरकोटमा १५ जना, कालीकोटमा १३ जना, रुकुम-पश्चिममा ४ जना, सुर्खेत, दैलेख र सल्यानका एक/एकजनाको बाढी र पहिरोमा परी मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतले जनाएको छ ।

मनसुन सुरु भएयता पहिरो र बाढीमा परेर प्रदेशमा ९ जना अझै बेपत्ता छन् भने अवधिमा पहिरोमा परेर २५ जना घाइते भएका छन् ।

 

प्रकाशित मिति: Jul 31, 2020

प्रतिक्रिया दिनुहोस्