Logo
२६ श्रावन २०७७
(July 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘बाहुबली’ का निर्देशक एसएस राजामौलीसहित सबै परिवारमा कोरोना संक्रमण

भारतीय ‘बाहुबली’चलचित्रका निर्देशक एसएस राजामौलीलाई कोरोना भाइरसको संक्रमण भएको छ।

राजामौली र उनका परिवारका सदस्यलाई कोरोना भाइरसको संक्रमण भएको हो। राजामौलीले ट्वीट गरेर आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्। उनले आफूहरु होम क्वारेन्टिनमा बसिरहेको जानकारी गराएका छन्।

उनले आफूहरुको अवस्था सामान्य रहेको बताएका छन्। उनका अनुसार कोरोनाको कुनै लक्षण पनि देखिएको छैन।

‘मलाई र मेरो परिवारलाई केही दिनदेखि ज्वरो थियो। कोभिड-१९ परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो। डाक्टरले भनेअनसार हामी घरमै क्वारेन्टिनमा बसिरहेका छौँ। हामी कसैलाई पनि लक्षण देखिएको छैन तर सबै सावधानी अपनाइरहेका छौँ’, उनले ट्वीटमा लेखेका छन्।

राजामौलीलाई बुधबार कोराना संक्रमण पुष्टि भएको हो।

 

प्रकाशित मिति: १६ श्रावण २०७७, शुक्रबार १६:०५

प्रतिक्रिया दिनुहोस्