Logo
६ बैशाख २०८१, बिहीबार
(July 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कालापानीको मुद्दा नेपाल र भारतबीचको आन्तरिक विषय हो : चिनियाँ राजदूत

बर्तमान समयमा नेपाल र भारतविच कालापानी, लिपुलेक र लिम्पुयाधुराको भुभागलाई लिएर विवाद चलिरहेको अवस्थमा नेपालले कालापानी, लिपुलेक र लिम्पयाधुरासहितको नयाँ नक्शा जारी गरिसकेपछि पनि चीनले उक्त भुभागलाई नेपाल र भारतको आन्तरिक विषय भएको बताएको छ ।

नयाँ पत्रिकासँग अन्तवार्ता दिदै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भनिन्, ‘कालापानीको मुद्दा नेपाल र भारतबीचको विषय हो ।’

कालापानी र लिपुलेकमा धारतको दाबीलाई चीनले किन सहयोग पुर्याउन खोज्दैछ भनी सोधिएको प्रश्नमा उनले नेपाल र भारतबीचको विषय हो भनेकी हुन् ।

उनले परिस्थितिलाई जटिल बनाउन सक्ने कुनै पनि एकपक्षीय कारबाहीबाट जोगिनेछन् भन्ने विश्वास समेत व्यक्त गरिन् ।

सन् २०१५ मा लिपुलेकमार्फत् द्विपक्षीय व्यापारका लागि सहमति गरेका थिए । नेपाली भुमि लिपुलेकबाट व्यापार गर्ने भनेर सम्झौता गर्दा नेपालसँग चीनले पनि कुनै छलफल र परामर्श गरेको थएन ।

त्यसको विरोधमा नेपाल सरकारले कुटनीतिक नोट नै पठाएको थियो । चीनको समेत लिपुलेक मार्गमा सहमति र सम्झौताको विषय उठिरहँदा चिनियाँ पक्षको धारणा सार्वजनिक भएको हो ।

राजदूत यान्छीले सन् २०१५ को चीन र भारतबीचको हस्ताक्षरित संयुक्त वक्तव्य विवादित भूभागको सम्प्रभुतासँग संलग्न नभएको तर्क गरिन् ।

उनले यसलाई परम्परागत व्यापार च्यानल केवल सीमाका बासिन्दाको सुविधाको लागि मात्र भएको टिप्पणी गरिन् । नेपाल र भारतबीच सम्बन्धमा उतारचढाव आउँदा चीनलाई तान्न केही शक्तिले प्रयास गर्ने गरेको समेत बताइन् ।

उनले एमसीसी र बीआरआईको तुलना गर्न नचाहेको बताइन् । उनले भनिन्, ‘एमसीसीको नितान्त नेपाल र अमेरिकाबीचको विषय हो ।

चीनले नेपाल र भारतले छलफलद्वारा यो मुद्दालाई सुल्झाउने आशा समेत व्यक्त गरेको छ ।

प्रकाशित मिति: Jul 31, 2020

प्रतिक्रिया दिनुहोस्