Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिटिजन्सको एसएमई कर्जा तथा घर कर्जा ९.५० प्रतिशत वार्षिक ब्याजदरमा

सिटिजन्स बैंकले ‘सिटिजन्स घर कर्जा योजना’ र एसएमई कर्जा (साना तथा मझौला कर्जा) सार्वजनिक गरेको छ।

यस घर कर्जा योजनाअन्तर्गत ग्राहकहरुले ९.५० प्रतिशत वार्षिक ब्याजदरमा नै जग्गा/घर खरिद गर्न तथा घर निर्माण गर्न कर्जा पाउने भएका छन्।

कोरोना भाइरस महामारीको समयमा पनि कर्जालाई सरल तरिकाले उपलब्ध गराउने उद्देश्यले बैंकले यो योजना सार्वजनिक गरेको हो।

बैंककाअनुसार यो योजना ग्राहकहरुले कागजात पेश गरेको ३ कार्य दिनभित्र निर्णय हुने सरल प्रक्रिया हो। २५ वर्ष सम्मको समयावधि भएको योजनाअन्तगर्त घर कर्जा लिने सबै ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड प्रदान गरिने छ।

साथै बैंकले सिटिजन्स मोर्टगेज लोन (व्यक्तिगत कर्जा) १०.९९ प्रतिशत वार्षिक ब्याजदरमा उपलब्ध गराउने छ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट सेवा दिदैं आएको छ।

प्रकाशित मिति: Jul 30, 2020

प्रतिक्रिया दिनुहोस्