Logo
७ बैशाख २०८१, शुक्रबार
(July 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबीमा कोरोना समुदाय स्तरमा फैलिए वा नफैलिएको पत्ता लगाउन नमुना संकलन

प्रदेश नं १ स्थित सुनसरीको दुहबी नगरपालिकाले कोभिड १९ कोरोना भाइरस समुदाय स्तरमा फैलिएको वा नफैलिएको पत्ता लगाउन नमुना संकलन कार्य शुरु गरेको छ ।

यसअघि दुहबीको क्वारेन्टाइनमा बस्ने तथा शंकास्पद व्यक्तिको मात्र आरडिटि र पिसिआर परिक्षण भएको थियो ।

समुदाय स्तरमा भएको प्रभावको लागि समुदाय स्तरमा परिक्षणको लागि स्वास्थ्यकर्मीहरुको टोली परिचालन गरिएको दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले बताउँदै यसो गर्दा समुदायस्तरमा जोखिमको अवस्थावारे जानकारी हुने र त्यसैको आधारमा महामारी रोकथाम तथा नियन्त्रणको योजना बनाइने बताए ।

दुहबी नगर प्रमुख गच्छदारबाट सुरु गरिएको नमुना छनोट जनप्रतीनिधि, कर्मचारी,धेरै जनसम्पर्क हुने स्थानहरु वित्तिय संस्था अत्यावश्यक सामग्री विक्री वितरण गर्ने पसल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुबाट नमुना संकलन गरी परिक्षण गर्न लागिएको जनाइएको छ ।

एक नम्बर प्रदेशमा अहिले सम्म ९ सय ७५ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रकाशित मिति: Jul 30, 2020

प्रतिक्रिया दिनुहोस्