Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अल्जाइमर रोग के हो? जान्नुहोस् लक्षण र रोकथामको उपाय

विश्वमा अहिले मानिसमा अल्जाइमर रोग बढ्दै गएको अवस्था रहेको छ । स्मृति क्षय हुने रोगलाई अल्जाइमर भनिन्छ । अल्जाइमर रोग ‘एलोइस अल्जाइम’ नामक व्यक्तिको नामबाट सन् १९१०, जुलाई १५ मा राखिएको हो ।

अल्जाइमर रोग मस्तिष्कका विकृतिहरूको समूहगत रोग हो, जसले सोच, व्यक्तिको व्यवहार तथा व्यक्तित्वमा परिवर्तन गर्ने, बिर्सने, अरुलाई विश्वास गर्न नसक्ने, शङ्का गर्ने, हिँडडुल गर्न नसक्ने बनाउँछ ।

यो रोग मस्तिष्कका विकृतिहरू समूहगत रोग हो । जसले सोच, स्मृति, निर्णय क्षमता तथा व्यक्तित्वलाई दुष्प्रभावित गर्छ । यो रोग बिस्तारै बढ्दै जाने भएकाले पहिले यसको निदान हुँदैन । र सुरुको अवस्थामा अधिकांश बिरामीले उपचारको आवश्यकता महसुस गर्दैनन् ।

मानिसको आयु वृद्धिसँगै यो रोग धेरै व्यापक हुँदै गएको छ । सन् २०५० सम्ममा विश्वका १ प्रतिशत भन्दा वढी मानिसलाई यो रोगले गाँज्ने अनुमान गरिएको छ ।

तनाव र विभिन्न समस्याका कारण महिलाहरूमा अल्जाइमर रोगको जोखिम बबढेको छ । अन्तराष्ट्रिय पत्रिका ‘गैरियाटिक साइके्रटिमा’ प्रकाशित एक रिर्पोटअनुसार तनावबाट जन्मिने हार्मोन महिला र पुरुषमा अलगअलग किसिमले उत्पन्न हुने गर्दछ । पुरुषको तुलनामा महिलामा अल्जाइमर रोग अत्यधिक रुपमा बढ्ने गर्छ ।

अल्जाइमर रोग विश्वभर फैलिएको छ । विश्वका झण्डै ४ करोड ७० लाख मानिस अहिले डिमेन्सिया अर्थात् भुल्ने कारण हुने पागलपनबाट प्रभावित छन् । यो रोगले प्रत्येक ६८ सेकेन्डमा आफ्नो प्रभाव देखाउने चिकित्सकहरु बताउँछन् ।

अल्जाइमर्स एशोसियसनका अनुसार ६० वर्षभन्दा वढी उमेरका महिलाहरू अल्जाइमर पीडित हुन्छन् । वर्तमान अवस्थामा यो रोगको उपचार र अल्जाइमर गम्भीर हुनबाट रोक्ने ओषधि बनेको छैन ।

अमेरिकाका जोन होकिन्स युनिर्भसिटीका प्रोफेसर सिसन्थया मुनरोका अनुसार हामी मानिस समस्या र तनावबाट मुक्त हुन सक्दैनौँ

कारण

-उमेर –

सामान्यतया ६५ वर्ष उमेरपछि यो रोग लाग्छ। ६५ वर्षपछि प्रत्येक पाँच वर्षमा यस रोगको प्रभाव दुई गुणा बढ्दै जान्छ।
-लिङ

यो रोग पुरुष र महिला दुवैलाई लाग्छ। तथापि, बढी संवेदनशील स्वभाव र आयु लामो हुने भएकाले महिलामा बढी पाइन्छ।

-वंशाणुगत-

आफ्नो अग्रज वंशमा यो रोग भएमा अनुज वंशमा रोग लाग्ने सम्भावना दुई(तीन गुणा बढी हुन्छ।

-गम्भीर रूपमा टाउकोमा चोटपटक लागेको व्यक्तिमा।
-उच्च रक्तचाप तथा उच्च कोलेस्टेरोलका कारण मस्तिष्कामा रक्तसञ्चरण प्रभावित तथा अवरुद्ध भएमा।
-डीप्रेसन तथा चिन्तालगायतका मानसिक समस्या भएका बिरामी र अधिक मोटोपना भएकालाई।
-डिमान्सिया, डाउन सिन्ड्रोम, सुस्त मनस्थिति भएका बिरामीहरूलाई।
-मानसिक निस्क्रियता भएका व्यक्तिहरूलाई।
-कोही भाइरस, विषाक्त पदार्थ, धातु, विद्युत्, चुम्बकीय प्रभाव, धुम्रपान, अत्यधिक मद्यपान, कुपोषण आदिलाई पनि कारक तत्त्व मानिएको छ।

अल्जाइमरको लक्षणहरु-

पहिलो चरणको अवस्था

-तत्कालीन घटना एवं कुराकानी बिर्सने।
-सामान हराइरहनु, आफैँ हराइरहनु।
-एकाग्रतामा कमी हुनु।
-जटिल शब्द तथा वाक्यहरू सम्झिन नसक्नु।
-जोडघटाउलगायत गणितमा अलमलिनु, हरहिसाब अस्तव्यस्त हुनु।
-हिडाइ असामान्य देखिनु।
-एउटै कुरा बारम्बार दोहोर्‍याइरहनु।
-डिप्रेसन हुनु।
-दिनचर्या अस्तव्यस्त हुनु।
-भाषिक समस्या हुनु। जस्तै( प्रचलित वस्तुको नाम भन्न नसक्नु।
-एक ठाउँमा राख्नुपर्ने सामान अर्कै ठाउँमा राख्नु।
-चिनेको बाटो बिर्सनु।
-वक्तित्व निर्माण तथा सामाजिक कामबाट अलग हुनु।
-पहिलेका रुचि एवं मनोरञ्जनका विषयमा अरूचि हुनु।
-सोचविचार एवं समीक्षा गर्न नसक्नु।

दोस्रो चरणको अवस्था
-आफ्नो विगतका क्षणहरू बिर्सनु ।
-आफ्नो पहिचान बिर्सनु ।
-निन्द्रामा समस्या पर्नु, निन्द्रामा हिँड्नु ।
-पढ्न र लेख्न असजिलो हुनु ।
-राम्रो, नराम्रो वा खतरापूर्ण वस्तु पहिचान गर्न नसक्नु ।
-निर्णय क्षमता ह्रास हुनु ।
-अप्रासंगिक कुराहरू गर्नु, उच्चारण गलत गर्नु, अस्पष्ट वाक्य बोल्नु, बेसुराका कुरा गर्नु।
समाजबाट एक्लिनु।

तेस्रो चरण अथवा गम्भीर अवस्था

-समवेदना हराउने, कुरा नबुझ्ने।
-अडिन नसक्ने, लड्ने।
-आफन्त, साथी एवं परविारका सदस्यहरूलाई नचिन्ने।
-खाने, लगाउने, नुहाउने, बस्नेजस्ता सामान्य काम पनि गर्न नसक्ने।
-खानेकुरा चपाउन तथा निल्न नसक्ने।
ओछ्यानमा थला पर्ने, दिसा/पिसाबको नियन्त्रण हराउने, अरूको बोली नबुझ्ने, बोल्न नसक्ने।
-चेतना हराउने।

रोकथाम

– रोग लाग्न नदिनु

– वयस्क उमेरमा उच्चरक्त चाप हुन नदिने

-दुर्घटनाबाट जोगिने

– धुमपान र मद्यपान नगर्ने

– नियमित स्वास्थ्य परीक्षण गर्ने

अल्जाइमर रोगको पूर्ण उपचार भने हुँदैनन् । हालसम्म उपलब्ध औषधिबाट भइरहेको अवस्थाबाट बढ्न नदिन भने सकिन्छ । अल्जाइमर भइसकेकाहरुलाई पूर्ण निको पार्ने औषधि भने उपलब्ध छैन ।

तर, चरण पार गर्न भने दिइन्नँ । हालसम्म उपलब्ध औषधिबाट एउटा अवस्थाबाट अर्काे अवस्थामा जान नदिने र बल्झन नदिने मात्रै हो । यसको औषधिको अध्ययन अनुसन्धानकै चरणमा रहेको छ । (स्वास्थ्य पत्रिका)

 

प्रकाशित मिति: Jul 30, 2020

प्रतिक्रिया दिनुहोस्