Logo
८ बैशाख २०८१, शनिबार
(July 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लकडाउन खुलेसँगै उपत्यकामा तरकारीको मूल्य एक हप्तामै दोब्बर बढ्यो

लकडाउन खुलेसँगै उपत्यकामा कोरोना महामारी, लकडाउन, वर्षा र बाढीको बहाना बनाएर बिचौलियाले तरकारीको मूल्य एक हप्तामै दोब्बर बढाएका छन् ।

केन्द्र सरकार र स्थानीय तहबाट बजार अनुगमन नहुँदा तरकारीको मूल्यमा विचौलिया र व्यापारीले मनलाग्दी गर्ने अवसर पाएका हुन् । उपभोक्तालाई अत्याउने गरी तरकारी मूल्य बढेको छ ।

हरियो तरकारीमा ५० प्रतिशत र सुक्खा तरकारीमा २० प्रतिशत मुनाफा आर्जन गर्न सकिने प्रावधान भए पनि व्यापारीहरूले आफूखुसी मूल्यबृद्धि गरेका हुन् ।

साउनको पहिलो हप्ता २० रुपैयाँ प्रतिकेजी रहेको ठूलो गोलभेडा दोस्रो हप्तामा ४५ रुपैयाँ पुगेको छ । ५५ रुपैयाँ प्रतिकेजीको आलु अहिले ७० रुपैयाँ पुगेको छ ।

त्यसैगरी ४० रुपैयाँ प्रतिकेजीमा विक्रि भइरहेका काउली अहिले १ सय १० रुपैयाँमा बेचिएको छ । यसरी तरकारीको मूल्य आकासिदा पनि नियमन निकाय भने बेखबर जस्तै छ ।

यता उपभोक्ता भने चर्को मूल्य तिरेर तरकारी खरिद गर्न बाध्य छन् । स्थीर सरकारले तरकारीको मूल्य पनि व्यवस्थापन गर्न नसकेको भन्दै उनीहरु रुष्ट बनेका छन् ।

अबिरल बर्षा साथै उपत्यका बाहिरबाट आयात गर्नुपर्ने, भएकोले मुल्य बृद्धि भएको व्यवसायीको दाबी छ । व्यववसायी प्रतिसप्रर्धा र तरकारी आयात घटेकोले मुल्यमा फरक परेको व्यवसायीको तर्क छ ।

एक हप्तको अन्तरलामा ४०-५० प्रतिशत मात्रै मूल्य बृद्धि भएको भन्दै लुटतन्त्रको रुपमा व्याख्या नगर्न व्यापारी तथा विचौलियाले आग्रह गरेका छन् ।

पछिलो समय बिभिन्न स्थानबाट काठमाडौं उपत्यका आउने तरकारी रोकिएको छैन । निरन्तर बजारमा हरियो तरकारी आइरहेको छ । तर व्यापारिहरु भने ढुवानिमा नै समस्या भएको कारण मुल्य बृद्धि गरेर बिक्रि गर्नुपरेको बताउदै आएका छन् ।

सरकारी निकायको ध्यान केन्द्रित हुन नसक्दाम कोरोना महामारीबाट र लकडाउनबाट पिरलोले रन्थनिएका उपभोक्ता दिनहुँ खानुपर्ने तरकारी महँगिएपछि थप समस्यामा परेका छन् ।

प्रकाशित मिति: Jul 30, 2020

प्रतिक्रिया दिनुहोस्