Logo
१३ बैशाख २०८१, बिहीबार
(July 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इजरायलद्वारा प्रदेश नं २ लाई स्वास्थ्य सामग्री हस्तान्तरण

इजरायल सरकारले कोभिड-१९ बाट अतिप्रभावित प्रदेश नं २ लाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

यहाँस्थित इजरायली राजदूतावासले प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई ती सामग्री आज हस्तान्तरण गरेको हो ।

हस्तान्तरित सामग्रीमा पिपिई, पञ्जा, मास्क, चश्मा, सानिटाइजर लगायत छन् । त्यस अवसरमा मन्त्री साहले प्राप्त सहयोगका निम्ति इजरायली सरकारलाई धन्यवाद दिए ।

राजदूत बेनी ओमेरले कोभिड-१९ विरुद्धको नेपाल सरकारको लडाइँमा इजरायलको ऐक्यबद्धता रहेको जनाउँदै थोरै भए पनि सहायता गर्न पाएकामा खुशी व्यक्त गरे ।

प्रकाशित मिति: Jul 29, 2020

प्रतिक्रिया दिनुहोस्