Logo
६ बैशाख २०८१, बिहीबार
(July 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशभर जताततै बाढी पहिरो : सडकहरु पोखरीमा परिणत [फोटोफिचर]

मनसुन झरीले रुझेको इटहरी । बन्दाबन्दी खुलेसँगै प्रदेश नं १ इटहरीलगायतका शहरमा पूर्ववत चहलपहल सुरु भएको छ । तस्वीरः विराट अनुपम/रासस
कैलालीको भजनीमा बाढी पसेपछि स्थानीयवासीको महत्वपूर्ण कागजपत्र र सामग्री बचाउ गर्दै स्थानीय युवा । अविरल वर्षाका कारण भजनी नगरपालिकाका सबै वडा डुबानमा परेकाले सयौं परिवार विस्थापित छन । तस्बीर : दुर्गा देवकोटा/रासस
गए रातिदेखिको अविरल वर्षापछि जलमग्न भएको टीकापुर । जमला नदीमा पानीको सहत बढेपछि नदी बस्तीमा पस्दा टीकापुर जलमग्न भएको छ । लगातारको वर्षापछि कैलालीका अधिकांश क्षेत्र डुबानमा परेका छन । तस्वीर : दुर्गा देवकोटा/रासस
सप्तरीको कञ्चनरुप नगरपालिका– ३ स्थित सुन्दरी खोलामा लगातारको वर्षाले आएको बाढीबाट क्षति हुन नदिनका लागि बाँसको पैलिङग गरी बोरामा बालुवा हालेर बनाइएको स्थाई बाँध । तस्वीर : अरुणकुमार यादव/रासस

गए रातिदेखि परेको लगातारको वर्षाले डुबानमा परेको कैलालीको धनगढी उपमहानगरपालिका–३ मिलन चोक । तस्वीर : मीन ठकुरी/रासस
गए रातिदेखि लगातारको वर्षाले कान्द्रा नदीमा आएको बाढीले प्रभावितको उद्धार गर्दै सशस्त्र प्रहरी । वर्षाले कैलालीको पूर्र्वी क्षेत्र टीकापुर, भजनी, जोशीपुर, जानकीनगर र कैलारी गाउँपालिका जलमग्न भएका छन । तस्बिर : मीन ठकुरी/रासस
राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकाको केन्द्र रहेको वडा नं ५ को थली क्षेत्रका भित्रिसडक पोखरीमा परिणत । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आएको तीन वर्ष बित्दासमेत सडकको अवस्थामा सुधार आएको छैन । तस्वीर : पूर्णप्रसाद मिश्र/रासस
फेवाताल किनारमा माछा मार्नेको घुइँचो । ‘कोभिड–१९’ को कारण पर्यटकीय गतिविधि नभएकाले यस क्षेत्रमा हरेक दिन गैरकानुनीरूपमा माछा मार्नेको घुइँचो हुने गर्दछ । तस्वीर : जमुना वर्षा शर्मा/रासस
तनहुँको व्यास नगरपालिका–१० डिहीकुनामा पहिराले पुरिएको घर । पहिरोले घर पुरिएपछि घरका परिवार विस्थापित भएका छन । तस्वीर : कृष्ण न्यौपाने/ रासस
पूर्वी नवलपरासीको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयमा योगाभ्यास गर्दै कोरोना ‘कोभिड– १९’ सङक्रमित । चिकित्सालयले सङक्रमितको प्राकृतिक विधिबाटै उपचार गर्ने गरेको छ । तस्वीर : कृष्ण आचार्य/रासस
पहिरो गएको ठाउँमा पर्खाल लगाउन लैजान टयाक्टरमा ढुङगा राख्दै दिपायल, मौवा मेल्लेक सडकमा काम गर्ने श्रमिक । तस्वीर : विमलबहादुर विष्ट/रासस

प्रकाशित मिति: Jul 29, 2020

प्रतिक्रिया दिनुहोस्