Logo
७ बैशाख २०८१, शुक्रबार
(July 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेप्सेमा दोस्रो दिन गिरावट, कारोबार रकम सवा अर्ब

सेयर बजार परिसूचक लगातार दोस्रो दिन नकारात्मक बनेको छ ।

नेपाल स्टक एक्स्चेन्ज (नेप्सेमा) कारोबार भएका आधाभन्दा बढी कम्पनीको सेयर मूल्य घट्दा नेप्से परिसूचक नकारात्मक बनेको हो ।

नेप्से मंगलबार ७.५९ अंकले घटेर १४५४.८९ अंकमा कायम भएको छ । १४६२.४८ अंकबाट कारोबार सुरु भएर ०.५२ प्रतिशतले घट्दा बजारमा कारोबारमा आएका १ सय ८५ मध्ये ९८ कम्पनीको सेयर मूल्य घटे । यसक्रममा ३२ लाख ४७ हजार कित्ता सेयर १ अर्ब २५ करोड ९७ लाख रुपैयाँमा किनबेच भए ।

साताको दोस्रो दिन सोमबार नेप्से २.६२ अंकले घटेको थियो । कारोबार भएका १२ समूहमध्ये १० वटाको समूहगत उपसूचक नकारात्मक बन्दा नेप्से पनि ओरालो लागेको हो । जसमध्ये निर्जीवन बिमा समूह सर्वाधिक ५७.६१ अंकले ओरालो लाग्यो । जीवन बिमा समूहको उपसूचक पनि ५०.५१ अंकले घट्दा उत्पादनमूलक समूहको उपसूचक पनि ३८.३४ अंकले ऋणात्मक रह्यो ।

यसदिन वित्त र म्युचुअल फन्डको उपसूचक मात्र बढेको छ । नेप्से घटेको दिन कारोबारमा आएकामध्ये पोखरा फाइनान्सको मूल्य सर्वाधिक ५ प्रतिशतले घटेको छ । कमाउनेमा मिर्मिरे माइक्रोफाइनान्स र जोशी हाइड्रोका लगानीकर्ताले सर्वाधिक ९ प्रतिशत सेयर मूल्य कमाए ।

प्रकाशित मिति: Jul 28, 2020

प्रतिक्रिया दिनुहोस्