Logo
२७ कार्तिक २०८१, मंगलबार
(July 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘नेकपा भित्रको विवाद दुर्घटना नजिक, सबै रोकिऔँ, सल्लाह गरौँ’

मंगलबारका लागि बोलाइएको स्थायी कमिटी बैठक नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा स्थगित गरेपछि अहिले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा वालुवाटारमा बैठक बसीरहेको छ।

असार १० गते बसेको स्थायी समिति बैठकमा बोल्ने अधिकांश सदस्यहरुले केपी शर्मा ओलीले पार्टी र सरकार दुवै राम्ररी चलाउन नसेको भन्दै दुवै पदबाट राजीनामा माग गरेपछि पार्टी भित्रको विवाद उत्कर्षमा पुगेसँगै सकरात्मक रुपमा बैठक बस्न सकेको छैन ।

यी नै पार्टी विवादको विषयलाई लिएर (नेकपा)का स्थायी समिति सदस्य योगेश भट्टराईले पार्टीभित्र देखिँदै आएको विवाद दुर्घटना नजिक पुगेको बताएका छन्। बैठकमा सहभागी हुन जानुअघि संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्रीसमेत रहेका भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै पार्टीभित्रको विवाद दुर्घटना नजिक पुगेको बताएका हुन्।

उनले दुर्घटना टार्नका लागि अहिलेकै अवस्थामा सबै रोकिन र थप सल्लाह गर्न समेत आग्रह गरेका छन्। ‘दुर्घटना नजिक देखिन्छ । सबै रोकिऔँ। सल्लाह गरौँ’, सामाजिक सञ्जाल ट्विटरमा भटट्राईले लेखेका छन्।

प्रकाशित मिति: Jul 28, 2020

प्रतिक्रिया दिनुहोस्