Logo
१५ चैत्र २०८०, बिहीबार
(July 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कालीकोटमा पहिरोको वितण्डा : ८ बेपत्ता, १ जनाको शव भेटियो, ४८ घर उच्च जोखिममा

मौसममा आएको फेरबदलसँगै सोमबार रातिपरेको अविरल वर्षाका कारण कालीकोटमा पहिरो जाँदा १ जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन्।

रास्कोट नगरपालिका-१ बडुवालतोलामा रहेको जय बहादुर शाहीको घर पहिरोमा पुरिँदा उनीसहित ५ जना बेपत्ता थिए। बेपत्तामध्ये जयबहादुर शाहीको शव भेटिएको र परिवारका अन्य ४ जना सदस्य अझ पनि बेपत्ता रहेको रास्कोट नगरपालिकाका मेयर काँशिचन्द्र बरालले जानकारी दिए।

बेपत्ता हुनेमा शाहीका २ छोरा, १ छोरी र साली रहेका छन्। त्यस्तै बेपत्ता हुनेमा वडा नम्बर १ कै चोक्टेबगरमा टेके टमट्टाको घर पहिरोले पुर्दा उनी र उनकी छोरीसहित ३ जना रहेका छन्। मेयर बरालका अनुसार अर्की एक महिला पनि बेपत्ता भएकी छिन्। बेपत्ताहरूको खोजी कार्य जारी रहेको बरालले बताए।

चोक्टे बगरकै अरु ९ घर पहिराको उच्च जोखिममा रहेको मेयर बरालले बताए। यस्तै रास्कोट नगरपालिकाकै वडा नम्बर १ वेल्केढुंगामा ६ घर, वडा नम्बर ३ को कुमालवाडाका २५ घर, वडा नम्बर ८ को फडारटाडामा पनि ९ घर उच्च जोखिममा रहेका छन्।

प्रकाशित मिति: Jul 28, 2020

प्रतिक्रिया दिनुहोस्