Logo
१५ चैत्र २०८०, बिहीबार
(July 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धर्मको नाममा धमास : कोरोना महामारीबीच प्रदेश २ मा ‘आर्केष्ट्रा डान्स’

प्रदेश २ स्थित  कोरोना महामारीबीच धनुषाका शिवालयहरुमा मेलाको आयोजना गरिएको छ । श्रावण महिनाको प्रत्येक सोमबारका दिन लाग्ने सोमबारी पर्वको अवसरमा धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर २ का २ महादेव स्थानमा दर्शनार्थीका धुइँचो देखिएको छ ।

धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर २ का कार्तिककुमार बजार र वडा नम्बर २ कै धुमासन टोल स्थित बाबा भुवनेश्वरनाथ महादेवको प्राङ्गणमा मेला सँगै ‘आर्केष्ट्रा डान्स’ को आयोजना गरिएको छ ।

त्यस्तै महोत्तरीमा पनि यस्तो विषमा परिस्थितिमा पनि मेलाको आयोजना गरिएको छ । महोत्तरीको बर्दिवास नगरपालिका ७ प्रेमनगरमा मेला सँगै नाचको आयोजना गरिएको हो ।

कोरोना महामारीबीच शिवालयहरुमा आयोजना गरिएको मेला हेर्न आएका दर्शनार्थीहरुको अत्याधिक भिडभाडले कोभिड १९ समुदायस्तरमै फैलिने उच्च जोखिम रहेको देखिएको छ ।

मेलामा सामाजिक दूरीको कुरै छोडौ मास्क पनि कसैले लगाएको थिएनन् । त्यस्तै बटेश्वरको दुबै ठाउँमा आयोजना गरिएको मेलाको आर्केष्ट्रा डान्समा अश्लील गीतमा नृत्य भइरहेको छ ।

यता इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले अहिले यस्तो कोरोना भाइरसको समयमा कहिँकतै कुनै किसिमको मेला तथा नाचगानको आयोजना गर्न नपाउने बताएका छन् ।

उनले भने, ‘यस्तो विषम परिस्थितिमा अहिलेसम्म हामीलाई कुनै सार्वजनिक काम, भोजभतेर तथा कुनै किसिमको मेला र नाचगान लगायत पार्टी गर्न दिने निर्देशन आएको छैन ।’

यस्तो किसिमको कसैले मेला तथा नाचगान आयोजना गरे सरकारको प्रचलित ऐन अनुसार कारबाही गर्ने चेतावनी दिए । धनुषाका एक ३८ वर्षीय पुरुषसहित प्रदेश २ मा १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

त्यस्तै ४ हजार बढी जना संक्रमित भएका छन् भने हालसम्म प्रदेश २ का वीरगञ्ज र राजविराजमा समुदायस्तरमा कोरोना फैलिएपछि निषेधाज्ञा जारी गरिएको छ ।

धनुषामा सोमाबारी पर्वको अवसरमा अआयोजना गरिएमो मेलामा अहिले पनि नाच जारी छ ।

@टुडेपाटी

प्रकाशित मिति: Jul 27, 2020

प्रतिक्रिया दिनुहोस्