Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जान्नुहोस् ! फुलेको सेतो कपाल कालो कसरी बनाउने ?

अलिेको समयमा हाम्रो खानपिन केमिकलयुक्त छ सो कारण हाम्रो शरिरमा कुनै न कुनै साइडइफेट गरेको हुन्छ । अहिलेको समयमा कपाल फुल्नु आम समस्या भईसकेको छ सो सेतो कपाल अर्थात कपाल फुल्नु , धेरैको निम्ति टाउको दुखाईको बिषय हो ।

एउटा निश्चित उमेरपछि कपाल फूल्नु स्वभाविक हो । यद्यपी अहिले कम उमेर वा किशोरवयमै कपाल सेतो हुने समस्या देखिन्छ । यसले किशोरहरुको व्यक्तित्व विकासमा असर पर्छ नै, आत्माविश्वास पनि कमजोर हुन्छ ।

कपाल सेतो भएपछि त्यसलाई कालो बनाउन अनेक विधी अपनाइन्छ । धेरैले मेहेन्दी लगाउँछन् । आज हामी कपाल सेतो हुने कारण तथा रोकथामका विधिबारे हामी चर्चा गर्ने छौ ।

कपाल सेतो हुने कारण

-एजिङ अर्थात बढ्दो उमेर

– पेटको गडबडी

– भोजनमा सहि पोषणको कमी

– हर्मोनमा परिवर्तन

– मदिराको सेवन

– धुमपान, जर्दा गुट्खा आदिको सेवन

– प्रदूषण

-केसको हेरचाह नगर्नु

-साइनस, थाइराइडको समस्या ।

-मानसिक तनाव अर्थात डिप्रेसन

-जथाभावी हेयर प्रोडक्टको प्रयोग

-वंशानुगत कारण

यसमध्ये कुनै कारणले पनि कपाल फूल्न सक्छ । पोषणयुक्त सन्तुलित खाना, घरेलु उपचार आदिको सहयोगले कपाललाई कालो बनाउन सकिन्छ ।

उपचार विधि

कपाललाई कालो बनाउनका लागि केमिकलयुक्त हेयर कलर खोजिरहनुभएको छ भने त्यो हानिकारक हुनसक्छ । यसले क्षणिक रुपमा त समस्याबाट पार लगाउँछ तर, दीर्घकालिन रुपमा नराम्रो क्षति पुर्‍याउन सक्छ । त्यसैले यसको उपचार प्राकृतिक विधीबाट नै खोज्नुपर्छ ।

-नरिवलको तेल र कागती रस

नरिवलको तेल कपालको लागि बरदान हो । यसले कपाललाई मोश्चराइज राखेर रुखो हुन नदिने मात्र होइन, कपाल र्झनबाट समेत बचाउँछ । साथै नरिवल तेलले कपाललाई पोषण पनि दिन्छ । त्यतीमात्र होइन, नरिवलको तेलको नियमित प्रयोगले सेतो कपाल कालो हुन्छ ।

यता कागतीको रसमा भिटामिन बि, भिटामिन सि हुन्छ । दुई चम्चा नरिवल तेलमा कागतीको रस मिसाएर कपालमा मसाज गर्नुपर्छ । एक घण्टापछि कपाल धुनुपर्छ । यसलाई लगाएर घाममा भने बस्नु हुँदैन । नरिवल तेलको ठाउँमा बदामको तेल पनि प्रयोग गर्न सकिन्छ ।

-अमला

सेतो कपाललाई कालो बनाउन अमला निकै उपयोगी हुन्छ । यसमा रहेको एन्टि एजिङ गुण र पोषक तत्व जस्तो कि भिटामिन सि मेलनिन कम गर्ने कारकसँग लड्छ र त्यसको निर्माणमा सहयोग गर्छ । फलतः केस कालो र घना हुन्छ । साथै केस झर्ने, रुखो हुने समस्याबाट पनि छुटकारा दिलाउँछ ।

सुख्खा अमला पिसेर पाउडर बनाउने । त्यसलाई नरिवलको तेलसँग मिसाउने । उक्त मिश्रणले राती सुत्नुअघि कपाल मसाज गर्नुपर्छ । रातभर त्यतीकै छाडेर बिहान सफा पानीले पखाल्नुपर्छ । यदि अमलासँगै मेथी दाना पनि तताएर लगाइयो भने थप प्रभावकारी हुन्छ ।

-प्याजको रस

सेतो कपालबाट मुक्ति पाउनका लागि एउटा सहज उपाय हो, प्याजको प्रयोग । प्याजमा यस्तो तत्व पाइन्छ, जसले कपाललाई सेतो बनाउने क्यास्टेल एन्टि अक्सिडेन्टको कमी हताएर कालो बनाइदिन्छ । प्याजलाई सलादको रुपमा सेवन गर्ने र त्यसको रस निकालेर कपालमा प्रयोग गर्नाले कपाल कालो हुन्छ ।

-तोरीको तेल

तोरीको तेलमा यस्तो गुण हुन्छ, जसले मेलनिनको उत्पादन बढाउँछ । यसले कपाललाई कालो बनाउन मद्दत गर्छ । साथै तोरीको तेलको पोषणले केस बलियो पनि हुन्छ ।

– घरेलु उपचारका साथसाथै पोषणयुक्त खानेकुरा पनि सेवन गरौ । किनभने पोषणको कमीले पनि कपाल फूल्छ ।

-भिटामिन र मिनरल्स जस्ता भिटामिन बि १२, आइरन, कपर, आयोडिन आदिको कमी हुन दिनु हुँदैन ।

– ड्राइ फुड्स लगायत दुधजन्य परिकार, गाजर, फूल गोभी, तरबुजा, मेवा, सुन्तला सबै मिलाएर सेवन गर्नुपर्छ ।

-सि फुड्स, मासु, अन्डा, दुध सेवन गरौ ।

– एन्टि अक्सिडेन्टयुक्त खानेकुरा सेवन गरौ । ग्रीन टि, अंगुर, हरियो पत्तेदार सब्जी, फल आदि सेवन गरौ । एजेन्सी

प्रकाशित मिति: Jul 27, 2020

प्रतिक्रिया दिनुहोस्