Logo
७ बैशाख २०८१, शुक्रबार
(July 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वको सबैभन्दा डरलाग्दो घरमा १० घन्टा बसे १४ लाख इनाम मिल्ने

विश्वमा कैयौँ बस्तु हामीलाई सुन्दा पनि आश्चार्य लागेको हुन्छ भने केही कुरा सुन्ने वितिकै आंग शिरिङग भएर हामीलाई डर भरिएर आएको हुन्छ । त्यस्तै नाम सुन्ने वितिकै हामीलाई हन्टेड हाउस’ भन्ने वितिकै मनमा डर पैदा हुने गर्छ ।

सायद हन्टेड हाउउ भनेको त हामी मध्ये धेरैले सुनेकै छौ । यो घरको भित्र पस्दा जो पनि डराउँछ । एक यस्तो ‘हन्टेड हाउस’ टेनिसीको समर टाउनमा पनि छ । जहाँ यदि बिना डर १० घन्टासम्म बसेमा तपाइँलाई १४ लाख रुपैयाँ इनाम दिन्छ ।

वास्तवमा यो यस्तो घर हो जहाँ निर्माण गरिएको डिजाइनको कारण चर्चित छ । यसको नाम हो ‘मेक मी कैनर’ यसको मालिकले बिना डर यो घर भित्र १० घन्टा बस्न असम्भव छ तर यदि जो कोही बसेमा १४ लाख रुपैयाँ दिने दाबी गरेका छन् ।

यस हाउसको मालिकले बताए अनुसार उक्त हाउस भित्रका निधारित स्थानसम्म पुग्ने क्रममा व्यक्तिको मानसिक रुपबाट र शारीरीक रुपबाट कयौ चुनौति पार गर्नुृ पर्ने हुन्छ ।

उक्तघर भित्र रिस उठेपनि काबुमा राख्नुपर्छ डरलाग्दा मुकुन्डो लगाएका मानिससँग सामना गर्नुपर्छ जो अचानक भुत जस्तै भएर नजिकै आउँछन् । डरलाग्दो आवाज आउने र सामान्य मानिस आत्तिन्छन् ।

यसको लागि ‘हन्टेड हाउस’ को भित्र जानुभन्दा पहिले व्यक्तिले ४० पेजको सम्झौता गर्नुपर्छ । उक्त डरलाग्दो घरभित्र जाने व्यक्तिको उमेर २१ वर्षभन्दा बढी हुनुपर्छ । यसको साथै मेडिकल प्रमाणपत्र पनि पेस गर्नुपर्छ । एजेन्सी

प्रकाशित मिति: Jul 27, 2020

प्रतिक्रिया दिनुहोस्