Logo
६ बैशाख २०८१, बिहीबार
(July 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुशान्तलाई न्याय दिलाउने लडाईमा शत्रुघन सिन्हाले दिए कंगनालाई साथ

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्यृ भएको एक महिना बढी भइसक्यो तर पनि अझै बलिउड दुनियामा उनको आत्महत्या प्रकरण अझै सेलाएको छैन ।

सुशान्तको मृत्यु हुनुमा बलीउड भित्र भएको नाताबाद भएको भनि आरोप लगाइरहेका छन् उनका समर्थकहरुले साथै उनलाई न्याय दिनको लागि अभियान नै चलाएका छन् सो अवस्थामा सुशान्त सिंह राजपूतलाई न्याय दिलाउन लडिरहेकी अभिनेत्री कंगना रनौटलाई बलिउडका पुराना कलाकार शत्रुघन सिन्हाले समर्थन गरेका छन्।

सिन्हाका अनुसार जो जो मानिस कंगनालाई समर्थन गरिरहेका छैनन्, उनीहरु कंगनाको सफलतासँग जलिरहेका छन्।

शत्रुघन सिन्हाले एक अन्तवार्ताका क्रममा भनेका छन्, ‘बलिउडका एक टोली बाहिरबाट आएको प्रतिभाशाली कलाकारको विरुद्धमा जान्छन्’,

रिपब्लिक टेलिभिजनसँगको अन्तवार्तामा शत्रुघनले भनेका छन्, ‘मैले धेरै मानिसलाई कंगनाको विरुद्धमा बोलेको सुनेको छ। किनभने उनीहरु कंगनासँग जल्छन्। हाम्रो दया बिना, हाम्रो इच्छा बिना, हाम्रो समूहमा सामिल नभईकन र कसैको आर्शिवाद अलिइकन यो केटीले यति धेरै चिज प्राप्त गरेकी छ भन्दै मानिसहरु उसको सफलतामा जल्छन्।’

प्रकाशित मिति: Jul 26, 2020

प्रतिक्रिया दिनुहोस्