Logo
११ बैशाख २०८१, मंगलबार
(July 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउड अभिनेता अमिताभ बच्चन कोरोनामुक्त

बलिउड अभिनेता अमिताभ बच्चन कोरोनामुक्त भएका छन् ।

कोरोना भाइरस संक्रमण पश्चात अस्पताल भर्ना गरिएका बलिउड अभिनेता अमिताभ बच्चनको पछिल्लो कोरोना परीक्षण रोपोर्ट नेगेटिभ आएको छ।

मुम्बाईको नानावटी अस्पतालमा कोभिड-१९ को उपचार गराईरहेका उनको स्वाब रिपोर्ट निगेटिभ आएको हो। बुधबार गरिएको परीक्षणको रिपोर्ट नेगेटिभ आएको भारतीय संचार माध्यमहरुले जनाएका छन्।

अस्पताल श्रोतलाई उदृत गर्दै भारतीय संचार माध्यमहरुले यस्तो दावी गरेका हुन्। कोरोना पुष्टि पश्चात १२ दिन अगाडी अमिताभ र उनका छोरा अभिषेक मुम्बाईको नानावटी अस्पताल भर्ना भएका थिए।

होम क्वारेन्टाइनमा रहेका ऐश्वर्या, आराध्यालाई पनि अस्पताल भर्ना गरिएको थियो।अमिताभ मात्र नभई अभिषेकको पनि रिपोर्ट नेगेटिभ आएको दावी गरिएको छ।

पछिल्लो परीक्षणरोपोर्ट नेगेटिभ आएसँगै थप दुई परीक्षण गरिने र दुवै नेगेटिभ आए आज नै डिस्चार्ज गर्ने तयारी रहेको भारतीय संचार माध्यमहरुले जनाएका छन्।

ऐश्वर्या राय र आराध्यामा पनि कोरोना अस्पतालको आइसोलेसनमा छन्। ऐश्वर्या र आराध्याको रिपोर्ट भने आइसकेको छैन ।

कोरोनाको पुष्टिसँगै अस्पताल पुर्याइए पछि अमिताभ आफ्ना शुभचिन्तकहरुसंग लगातार सामाजिक संजाल मार्फत जोडिरहेका छन् भने विश्वभर रहेका उनका शुभचिन्तक स्वास्थ्यलाभको कामना गरिरहेका छन्। (एजेन्सी)

प्रकाशित मिति: Jul 23, 2020

प्रतिक्रिया दिनुहोस्