Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकी र्‍यापर कान्यलाई बाइपोलार डिसडअर मानसिक समस्या भएको खुलासा

र्‍यापर कान्य अमेरिकाका सबैभन्दा चर्चित अमेरिकी सांगीतिक हस्ती मध्ये एक हुन् । उनले केही हप्ताअघि राष्ट्रपतिका लागि उम्मेदवारी दिने घोषणा गरेका थिए ।

तर उनको पहिलो चुनावी र्‍याली र त्यसपछिका ट्वीटहरुले चासो र दुविधा सिर्जना गरेको छ ।कान्यकी श्रीमति किम कार्डाशियन वेष्टले आफ्नो श्रीमानको मानसिक स्वास्थ्यका बारेमा सार्वजनिक रुपमा टिप्पणी गरेकी छन् ।

पछिल्ला केही दिनमा सार्वजनिक भएका कान्यका अस्थिर वक्तव्यहरुपछि किमले सार्वजनिक रुपमा बोलेकी हुन् ।

उनले इन्स्टाग्राममा लेखेकी छन्, ‘अधिकांशलाई थाहा छ कि कान्यलाई बाइपोलार डिसडअर छ ।’

‘जो कोही पनि यो समस्याबाट गुज्रिएका छन् वा प्रिजयनमा यो समस्या छ उनीहरुलाई थाहा हुन्छ कि यो बुझ्नका लागि कति जटिल र पीडादायी हुन्छ भन्ने’ किमले लेखेकी छन्, ‘कान्य प्रतिभाशाली तर जटिल व्यक्ति हुन् । कहिले काहिँ उनले जे बोल्छन्, वास्तवमा उनको मनसाय त्यस्तो हुँदैन ।’

किम र कान्यले सन् २०१४ मा विवाह गरेका थिए र उनीहरुका चार सन्तान छन् ।किमले बुधबार इन्स्टाग्राममा पोस्ट गरेको सन्देशमा आफूले पहिले आफ्नो परिवारलाई प्रभावित गरेको मानसिक स्वास्थ्यका बारेमा सार्वजनिक रुपमा नबोल्नुको कारण सन्तानको माया र कान्यको गोपनियता रहेको उल्लेख गरेकी छन् ।

उनले लेखेकी छन्, ‘तर आज मैले यो विषयमा बोल्नै पर्छ जस्तो लाथ्यो किनकी मानसिक स्वास्थ्यलाई लिएर कायम गलत धारणा र स्टीग्मा हटाउनु आवश्यक छ ।’

उनले आफ्ना श्रीमान कान्य बेलाबेलामा आलोचनाको केन्द्रमा आउने भए पनि उच्च तहको समभाव र समझदारीका लागि आग्रह गरेकी छन् । कान्य मनको सफा रहेको पनि किमले सन्देशमा उल्लेख गरेकी छन् ।

उनले गोपनियताको सम्मान गरिदिन सञ्चारमाध्यम र सर्वसाधारणसँग अपिल गरेकी छन् ।

प्रकाशित मिति: Jul 23, 2020

प्रतिक्रिया दिनुहोस्