Logo
१२ बैशाख २०८१, बुधबार
(July 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कक्षा १२ को परीक्षा असोज १५ भित्र सम्पन्न गर्ने बोर्डको तयारी

काठमाडौं : सरकारले १ भदौदेखि परीक्षा सञ्चालन अनुमति दिएसँगै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी गरेको छ ।

असोज १५ गतेभित्र परीक्षा सम्पन्न गर्ने योजना रहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

कक्षा १२ को परीक्षा १५ असोजमा सम्पन्न गर्ने लक्ष्य रहेको र त्यही अनुसार मन्त्रालयसँग अनुमति मागेको समेत अर्यालले बताए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति दिएपछि परीक्षाको तयारीलाई तीव्रता दिने बोर्डले जनाएको छ ।

प्रकाशित मिति: Jul 22, 2020

प्रतिक्रिया दिनुहोस्