Logo
१२ बैशाख २०८१, बुधबार
(July 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुष्पलालको त्याग र निष्ठाबाट आजका कम्युनिस्ट नामका कमाऊनिष्ठले पाठ सिकुन : उपेन्द्र यादव

उपेन्द्र यादव, अध्यक्ष-जसपा नेपाल

जनता चेतनशील हुनै पर्छ। कार्यकर्ता संगठित हुनैपर्छ। क्रान्ति वा परिवर्तन अवश्यम्भावी छ। यसलाई कसैले रोकेर रोक्न सक्दैन। मर्नुअघि नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता कमरेड पुष्पलालले यो सन्देश दिनु भएको हो।

२०३५ साल श्रावण ७ गते उहाँको निधन भएको थियो। उहाँ नेपाली श्रमजीवी , शोषित तथा उत्पीडित वर्ग र गरीब जनताका हुनुका साथै प्रगतिशील लेखक पनि हुनुहुन्थ्यो।

उनी निरङ्कुश राजतन्त्रको अन्त्य र सम्पूर्ण आर्थिक, सामाजिक, सांस्कृतिक, भाषिक, वर्गीय , जातीय र लिङ्गीय शोषण, उत्पीडन र विभेदको अन्त्य गरी समाजवादी गणतान्त्रिक समाजको कल्पना गर्नु भएको थियो।

उहाँ सधैं लोकतान्त्रिक गणतन्त्र का पक्षमा आवाज उठाउनु भयो। क्रान्तिकारी भूमिसुधार, निःशुल्क शिक्षा र स्वास्थ्य, सबैकालागि गाँस, बास, आवास र रोजगारीको व्यवस्था राज्यद्वारा गर्नु पर्ने, सबै जातिहरू (Nationalities) लाई आत्म निर्णयको अधिकार, भाषिक समानताको हक, पूर्ण नागरिक स्वतन्त्रता, धार्मिक स्वतन्त्रता,आर्थिक र सामाजिक न्याय, जातीय, वर्गीय र लैङ्गिक विभेद तथा उत्पीडनको अन्त्य, आदिवासी/कविला जातिको मुक्तिको लागि आफ्नो जीवन समर्पण गरेका थिए।

पुष्पलाको जीवन सिद्धान्तनिष्ठ, संघर्ष, त्याग र सादगीपूर्ण सुसंस्कृत थिए। उहाँले राजनीति लाई जालझेल को रूपमा नभई, सिद्धान्त, संगठन र संघर्षले निर्देशित जनताको मुक्तिको यात्राको रूपमा लिनु भयो।

पुष्पलालको त्याग, सादगिपूर्ण जीवन, संघर्ष र सिद्धान्त प्रतिको निष्ठाबाट आजका कम्युनिस्ट नामका कमाऊनिष्ठ , भ्रष्ट, सिद्धान्तबिहीन र नश्लवादी संकीर्ण चिन्तन भएका कमरेडहरुले सिक्न सक्ने भएको भए देश र जनताको आजको जस्तो बेहाल हुनेनै थिएन।

अहिलेका कम्युनिस्ट राजनीति भ्रष्टाचार गर्ने र राज्यको ढुकटी हजम गर्ने तर्फ आकर्षित एवम् उन्मुख हुने थिएन। आज महान् क्रन्तिकारी नेता पुष्पलालको स्मृति दिवस को अवसरमा उहाँ प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।

प्रकाशित मिति: Jul 22, 2020

प्रतिक्रिया दिनुहोस्