Logo
१३ बैशाख २०८१, बिहीबार
(July 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरु आजदेखि खुल्ने

आजदेखि त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सम्पूर्ण क्याम्पसहरु खुल्ने भएको छ । त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख सूर्यप्रसाद अधिकारीले एक सूचना निकाल्दै ७ साउनबाट त्रिविअन्तर्गतका सबै क्याम्पस खुल्ने जनाएका हुन् ।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले गत १० चैतदेखि त्रिविअन्तर्गतका सबै क्याम्पस तथा विभागहरू बन्द गर्ने तथा ११ चैतदेखि देशव्यापी लकडाउन गर्ने निर्णय गरेको थियो ।

सरकारले हिजाेबाट लकडाउन अन्त्य भएकाे घाेषणा गरेसँगै त्रिविले क्याम्पसहरू खुलाउने भएकाे हाे । यद्यपि पठनपाठन लगायत अन्य शैक्षिक कार्यक्रमहरु भने तत्काल सुचारु हुनेछैन ।

प्रकाशित मिति: Jul 22, 2020

प्रतिक्रिया दिनुहोस्