Logo
१५ चैत्र २०८०, बिहीबार
(July 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रशासकीय अदालतबाट काशिराज दाहाल हट्यो : नयाँ अध्यक्षमा घिमिरे, सदस्यमा पौडेल र मैनाली

सरकारले प्रशासकीय अदालतको अध्यक्षमा पूर्वसचिव डिल्लीराज घिमिरेलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले घिमिरेलाई अध्यक्षमा नियुक्त गरेको हो ।

यसअघि प्रशासकीय अदालतको अध्यक्षमा काशिराज दाहाल थिए भने सदस्यमा कुमार योञ्जन तामाङ र ङइन्द्रप्रसाद उपाध्याय कार्यरत थिए ।

प्रशासकीय अदालतका दुईजना सदस्यमा उच्च अदालत पोखराका रजिष्ट्रार कृष्णप्रसाद पौडेल र अधिवक्ता रीता मैनाली नियुक्त भएका छन् ।

पौडेलले प्रशासकीय अदालतको सदस्य नियक्त हुनुअघि रजिष्ट्रार पदमा दिएको राजीनामा सरकारले स्वीकृत गरेको छ । झापाकी मैनाली स्कुल अफ ल मा आवद्ध छिन् ।

निजामति कर्मचारीहरुको विभागी कारवाहीउपर पुनरावेदन सुन्ने उदेश्यले प्रशासकीय अदालत २०४४ सालमा स्थापना गरिएको हो ।अघिल्लोपटक जनजातिलाई समेटेर समानुपातिक बनाइएको थियो भने यसपटक महिलाको प्रतिनिधित्व गराइएको छ ।

 

प्रकाशित मिति: Jul 21, 2020

प्रतिक्रिया दिनुहोस्