Logo
७ बैशाख २०८१, शुक्रबार
(July 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जान्नुहोस् ! यस्ता छन् सोप खानुका अनेकौ फाइदाहरु

सोप भन्ने वितिकै हामी सबैलाई थाहानै छ । यसलाई हामीले खाना खाइसकेपछि चपाउँने गर्दछौ । यो न धेरै स्वादिलो हुन्छ, न बेस्वादको ।

हामीले सामान्य तया सोप भनेको  खाना पचाउनका लागि तथा मुखको दुर्गन्ध हटाउनका लागि खाने भन्ने बुझ्छौ तर सोप खानुका फाइदा त्यतिमात्र हैन यसका फाइदा धरै रहेका छन् जुन हामीले आज चर्चा गर्ने प्रयास गरीरहेका छौ ।

सोपमा क्याल्सियम, सोडियम, आयरन, पोटासियम जस्ता तत्व पाउने गर्छ । सोपमा औषधिय गुण हुन्छ ।

सोप खानुका फाइदाहरु

१ . आँखाको रोशनी बढाउन 

सोपको सेवनद्धारा आँखाको रोशनी बढाउन सकिन्छ । सौप तथा मिश्रीको चुर्णलाई मनतातो पानीसित दैनिक सेवन गरेको खण्डमा दृष्टि क्षमता बढ्छ ।

२ . कब्जियतबाट राहत 

सोपले कब्जियतको समस्या हुन दिदैन । यसलाई चिनी वा मिश्रीसित मिलाएर खाएमा यसको समस्या हट्नुका साथै कब्जियतबाट राहत दिन्छ ।

३ खोकीको समस्या कम गर्न 

खोकीमा पनि सोप निकै उपयागी मानिन्छ । सोपको साथमा मह मिलाएर खाएमा खोकीको समस्या क्रमश हटेर जान्छ ।

४ पखाला कम गर्न 

पखाला लागेमा सोपको सेवन उत्तम मानिन्छ । सोपलाई बेलको गुदीसित विहान बेलुकी चपाएको खण्डमा अर्जीर्ण कम हुनुका साथै पखाला थामिने गर्छ ।

५. पाचक को काममा

खाना पछि सोप खानाले खाना राम्ररी पच्छ । सौपलाई जिरा तथा कालो मरीचसित मिलाएर चूर्ण बनाई मनतातो पानीसित खाएमा यसले राम्रो पाचकको रुपमा काम गर्छ ।

६. घाँटीको समस्या हटेर जान्छ

घाटी बसेमा होस् वा घाँटी पाछिएमा । सौपलाई चपाएर खानाले बसेको घाँटी खुल्नुका साथै घाँटीको समस्या हटेर जान्छ ।

७. पेटको दुखाई कम गर्न

पेट सम्बन्धि समस्या होस् वा पेटको दुखाई । भुटेको सोपलाई चपाएर खाएमा यसले पेट सम्बन्धि समस्या नाश गर्नुका साथै पेटको दुखाई कम गर्न मद्दत गर्छ साथै । पेटबाट अमिलो पानी वा अमिलो डकार आएमा पनि सौपको सेवन लाभदायक मानिन्छ । थोरै सोपलाई पानीमा उमालेर त्यसमा मिश्री मिसाएर सेवन गरेमा यो समस्या तुरुन्तै कम भएर जान्छ ।

८. हातखुट्टा पोल्न समस्या कमि आउछ 

हात तथा खुट्टा झमभाएमा वा हात खुट्टा पोल्ने समस्या भएमा पनि सोप र धनियालाई बराबर मात्रामा मिलाएर त्यसको मिश्रण बनाएर मिश्री पानीसित खानाले पनि हातखुट्टा पोल्न समस्या वस्तारै कम भएर जान्छ ।

९ . छालालाइ चमक बनाउछ 

दैनिक रुपमा सोपलाूई चपाएर खानाले छालामा समेत चमक आउँछ । (पत्रपत्रिका)

प्रकाशित मिति: Jul 21, 2020

प्रतिक्रिया दिनुहोस्