Logo
७ बैशाख २०८१, शुक्रबार
(July 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फुटबलको प्रतिष्ठित अवार्ड ‘बालोन डी’ओर’ यो वर्ष प्रदान नगरिने

कोरोना माहामारीका कारण यो वर्ष फुटबलको प्रतिष्ठित अवार्ड ‘बालोन डी’ओर’ प्रदान नगरिने भएको छ ।

फ्रेञ्च फुटबलले सोमबार कोरोना भाइरसको महामारीलाई मध्येनजर गर्दै यस वर्षको अवार्ड स्थगित गरिएको जनाएको छ ।

कोरोनाबाट प्रभावित हुने राष्ट्रमा फ्रान्स पनि एक हो । कोरोनाकै कारण फ्रेञ्च लिग रद्ध भएको थियो ।सन् १९५६ पछि पहिलो पटक २०२० मा यस वर्ष बालोन डी’ओर प्रदान नगरिने भएको हो ।

यो अवार्ड बार्सिलोनाका कप्तान लियोनल मेस्सीले सबैभन्दा बढी ६ पटक जितेका छन् ।यस्तै रोनाल्डोले ५ पटक यो अवार्ड जितेका छन् ।

यो अवार्डको ६४ वर्षे इतिहासमा पहिलोपटक कुनै पनि खेलाडीलाई अवार्ड प्रदान गरिने छैन ।

प्रकाशित मिति: Jul 21, 2020

प्रतिक्रिया दिनुहोस्