Logo
६ बैशाख २०८१, बिहीबार
(July 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्यान्सर देखि डाइबेटिज रोगबाट बचाउने पनिरको जान्नुहोस् थप फाइदाहरु

पनिर भन्ने वितिकै हामी सबैलाई थाहानै छ पनिर दुधबाट बन्ने गर्दछ । पनिरलाई स्वादिष्ट परिकारको रुपमा चिनिन्छ । खाँदा निकै मिठो हुने परिकार हो ।

पनिर घरमा शाकाहारी पाहुना आउदा पनि पकाएर खुवाउन सजिलो हुन्छ ।धेरैले रुचाउने गरेको पनिर खाँदा हाम्रो स्वास्थ्यलाई धेरै फाइदा पुर्याउने गर्छ ।

पनिरमा प्रोटिन, क्याल्सियम, भिटामिन, फस्फोरस लगायतका विभिन्न पोषक तत्वहरु पाइनुका साथै यसले धरै रोगहरुबाट बचाउछ ।

१०० ग्राम पनिरमा १८ ग्राम प्रोटिन हुने हुनाले यसको सेबनले हाम्रो शरिरलाई धेरै फाइदा गर्छ ।

पनिरको फाइदा –

तुरुन्त शक्ति प्रदान गर्दछ

दुधबाट पनिर बनेका कारण पनिरमा दुधको भरपुर गुणहरु हुने गर्छ । यसमा उर्जा पनि उत्तिकै हुने गर्छ । शरिरमा तुरुन्त इनर्जी दिने काम गर्छ । व्यायाम गर्नेहरुले पनिर खाँदा स्वास्थ्यलाई फाइदा हुन्छ ।

मेटाबोलिजम
पाँचनप्रणालीका लागि मेटाबोलिजमले महत्वपूणै भूमिका खेल्ने काम गर्छ । पनिरमा अध्याधिक डायट्री फाइबर हुन्छ । जसका कारण पाँचन प्रणालीमा यसले महत्वपूर्ण काम गर्छ । यसले पाँचन प्रणाली सुचारु गर्न लागि पनि मद्धत गर्छ ।

दाँत र हड्डी

पनिरको सबै भन्दा लाभ यो छ की यसले तपाईको हड्डी र दाँतलाई मजबुत राख्ने काम गर्छ । यसमा रहेको क्यालसियम र फासफोरसका कारण दाँत र हड्डी मजबुत बनाउँछ । दैनिक पनिर खानाले हड्डीमा रहेको समस्या पनि कम भएर जान्छ ।

डाइबेटिज
ओमेगा ३ ले भरपुर पनिर डाइबेटिजका विरामीलाई निकै राम्रो गर्दछ । विशेषज्ञका अनुसार डाइबेटिजका रोगीहरुले दिनहुँ पनिर खानु स्वास्थयका लागि फाइदाजनक छ । दुवै खाले डाइबेटिज रोगीले पनिर खान सक्छन  ।

क्यान्सर
हालै गरिएको एक अध्ययनले पनिर खानाले क्यान्सरको खतरालाई कम गर्ने जनाएको छ । पेटको क्यान्सर, क्लोनको क्यान्सर र ब्रेस्ट क्यान्सरको उपचारमा पनि पनिरले महत्वपूर्ण भूमिका खेल्ने काम गर्छ । (पत्रपत्रिका)

 

प्रकाशित मिति: Jul 20, 2020

प्रतिक्रिया दिनुहोस्