Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनलाइन कक्षा सुरु गर्न निजी विद्यालयलाई सरकारको आग्रह

काठमाडौं : निजी विद्यालय सञ्चाचकहरुलाई अनलाइन कक्षा सुरु गर्न सरकारले आग्रह गरेको छ ।

शुल्क उठाउन नपाएको भन्दै प्याब्सन र एन प्याब्सनले साउन १ गतेबाट भर्चुअल कक्षा बन्द गरेका थिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज विज्ञप्ती जारी गरी अनलाइन कक्षालाई निरन्तरता दिन आग्रह गरेको हो ।

विद्यालय सञ्चालकहरुको मागका विषयमा मन्त्रालयले सरोकारवालासँग परामर्श गरिरहेको पनि मन्त्रालयले जनाएको छ ।

व्यवसायीको कर्जा भुक्तानीको म्याद थप र कर्जाको पुनर्संरचना तथा पुनर्तालिकीकरण लगायतका माग मौद्रिक नीतिमार्फत् सम्बोधन भएको र अन्य विषयमा पनि छलफल भैरहेको भन्दै कक्षा जारी राख्न मन्त्रालयले आग्रह गरेको छ ।

प्रकाशित मिति: Jul 20, 2020

प्रतिक्रिया दिनुहोस्