Logo
११ बैशाख २०८१, मंगलबार
(July 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भाइरल तस्विर : गल्छि गाउँपालिका धादिङका हुन् दुवै नव-कर्मचारी, आएका थिए काठमाण्डौ

तस्विर : समाजिक संजाल

पछिल्लो समयमा सामाजीक सञ्जालमा धरै घटनाहरु चर्चामा आउने गरेका छन् चाहे त्यो राम्रो तरिकाले होस् या चाहे नराम्रो तरिकाले होस् बेलाबेलामा सामाजीक सञ्जाल तताइरहेका हुन्छन् ।

अहिले पछिल्लो समयमा सामाजिक सञ्जालमा एकदमै चर्चा भइरहेको अथवा भाईरल बनेको यो तस्वीरको यथार्थ खुलेको छ ।

सामाजिक सञ्जालमा सो तस्वीर भाइरल बन्नुको एउटा कारण सरकारी नम्बरको मोटर साईकल अनि पछाडि बसेकी युवतीले लगाएको पहिरन नै हो।

यदि सो मोटरसाईकल सरकारी नम्बरको हुदैन थियो र ति युवती यात्रा गरिरहेकी थिईन भने यो प्रश्न पनि सायद उठ्ने थिएन । तर यी दुवैजना पछिल्लो समय सामाजिक संञ्जालको चर्चामा आए ।

सरकारी कर्मचारीले लगाउने ड्रेस र उनिहरुले प्रयोग गर्ने सरकारी सवारी साधनको प्रयोगका पनि आफनै नियम छन् । जसको विषयमा सामाजिक संञ्जालमा चर्चा हुनु आफैमा स्वाभाविक हो ।

को हुन् उनिहरु?

यातायात ब्यावस्था विभागका अनुसार प्रदेश-३-०२-००१ब-१४१२ नम्बरको मोटरसाईकल धादिङ स्थित गल्छि गाउँपालिकाको हो ।

गाँउपालीकाले अत्यावश्यक सामाग्री ओसार पसार (स्टोर) प्रयोजनका लागी सो मोटरसाईकल प्रयोग गदै आएको छ । सरकारी मोटरसाईकलमा सवार युवती र चालक युवा दुवै सरकारी कर्मचारी नै हुन् ।

उनिहरू दुवै जना भर्खरै सरकारी सेवामा गरेको र सिट्रोल ( सरकारी कर्मचारीको लागि दिईने संकेत नम्बर ) भर्न धादिङबाट काठमाडौं आएको खुलेको छ ।

सरकारी नम्बरको मोटरसाईकल चालक गल्छी गाँउपालिकामा कार्यरत ईन्जिनियर हुन् । उक्त मोटरसाईकलमा सवार युवती पनि सोहि गाँउपालीकामा कार्यरत सव-इन्जिनियर हुन् ।

उनिहरू दुवैजना गाउँपालिकाबाट स्विकृती लिएर नै काठमाडौं स्थीत निजामती किताब खानामा सरकारी संकेत नम्बर लिन आएका थिए ।

गल्छी गाँउपालीकाका प्रसाशकीय प्रमुख मोहन कुमार श्रेष्ठले दुवैजना गल्छि गाउँपालिका कर्मचारी भएको बताए । श्रेष्ठका अनुसार उनिहरू सरकारी सेवामा प्रवेश गरेपछि लिनुपर्ने सरकारी संकेत नम्बर लिन काठमाडौं आएका हुन् ।

सरकारी सेवामा प्रवेश पछि कर्मचारीका लागि सिट्रोल अर्थात सरकारी संकेत नम्बर आवस्यब पर्छ । श्रेष्ठले भने दुवै जना गाँउपालीकामा कार्यरत इन्जीनियर भएको बताए ।

श्रष्ठले भने- “सरकारी मोटर साईकल पनि गल्छी गाँउपालीकाकै स्वामित्वमा छ । मोटरसाईकलमा सवार कर्मचारीले लगाएको कपडाको विषयमा प्रश्न उठेको छ ।

यसका आफनै मर्यादा पनि छन् । यस विषयमा सत्य तथ्य बुझ्ने काम भैरहेको छ । त्यसपछि हामी कारवाहिको प्रक्रिया अगाडी बढाउँदै छौ ।”

कस्तो छ, कानुनी ब्यावस्था ?

सरकारी सवारी साधन सञ्चालन तथा प्रयोग सम्बन्धि नर्देशिका २०७२ मा सरकारीरी कर्मचारीले सवारी साधन सम्बन्धी निर्देशिका जारी गरिएको छ ।

जस अनुसार राजपत्राङ्कित विशिष्ट श्रेणी तथा प्रथभ श्रेणीका कर्मचारीले सरकारी सवारी साधनको उपयोग गर्न पाउने ब्यावस्था छ ।

सरकारी सवारी साधन प्रयोगकर्ताले सरकारी सम्पतिको उचित संरक्षण गदै मितब्ययी रुपमा सरकारी सवारी साधन प्रयोग गर्नु पर्छ ।

साथै आफुले प्रयोग गरेको सवारी साधनको उचित प्रयोग र त्यसको जवाफदेहिता स्वयं सवारी चालककै हुने उल्लेख गरिएको छ ।

जस अनुसार सरकारी नम्बर प्लेटको सवारी चालक र सवार दुवै सरकारी कर्मचारी नै भएको र उनिहरुले लगाएको कपडाको मर्यादाबारे कारवाहि स्वरुप सचेत गराउने वा कारवाहि नै हुने भन्ने विषयमा गाँउपालीकामा छलफल भैरकेको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताए ।

प्रकाशित मिति: Jul 20, 2020

प्रतिक्रिया दिनुहोस्