Logo
१३ बैशाख २०८१, बिहीबार
(July 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कपाल झर्ने समस्याबाट छुटकरा पाउन अपनाउनुहोस् यी घरेलु विधिहरु

हाम्रो बरपर रहेको बढी फोहोरको कारण बातावरण प्रदुषित बनीरहेको छ । त्यसैले हामी हिडडुल गर्दा हाम्रो कपाललाई पनि प्रदुषित हावाको कारण कपाल सुख्खा साथै झर्ने गराउछ छ ।

कपाल झर्नबाट रोक्न तथा कपाल उमारर्नको लागि बजारमा धरै थरिका औषधी उत्पादन भइरहेका छन् तर हाम्रो समाजमा धरै जना कपालझर्ने समस्याबाट पीडित हुने गरेका छन् ।

कपाल झर्ने समस्या विभिन्न कारणले हुने गर्दछन् सामान्यतया तल दिएको कारण कपाल झरेको पाइन्छ ।आज हामी तपाइलाई कपाल झर्ने कारण तथा रोकथामको लागि घरेलु विधिहरुको यहाँ चर्चा गर्ने छौ ।

कपाल झर्ने मुख्य कारण

– कपालमा धेरै चाया भए
– धेरै चिन्ता लिए

– निन्द्रा नपुगे
– खानपान व्यवस्थित नभए
-स्वास्थ्यमा खरावी भए

– कपालमा गुणस्तरीय सेम्पुको प्रयोग नगरे

कपाल झर्न रोक्ने घरलु विधि

-कागतीको बीउलाई पिसेर कपाल खुइलिएको ठाउँमा लेप लगाउनाले कपाल उम्रिन्छ ।

-कपाल झर्ने समस्याबाट बच्न नरिवलको तेलमा अलिकति मेथीको दाना हालेर तताउनुहोस् । त्यसपछि यो तेललाई छानेर बोतलमा राख्नुहोस् । नियमित रूपले यो तेलको प्रयोग गर्नुहोस् ।

-नीम र बयरका पातलाई पिसेर कपालमा लगाउनुहोस् । दुई घण्टापछि कपाल धुनुहोस् । एक महिनासम्म यसो गर्दा कपाल झर्न बन्द हुनेछ र नयाँ कपाल उम्रिनेछ ।

-कपालमा अमलाको रसले मालिस गर्नुहोस् । खुइलिएको ठाउँमा नयाँ कपाल उम्रिन थाल्नेछ ।

-लसुनको तेल लगाउँदा कपाल झर्नबाट रोकिन्छ ।

-काउली र बन्दा नियमित खानाले कपाल झर्न कम हुन्छ ।

-कागतीको ताजा बोक्रालाई पानीमा हालेर बोक्रा पूरै नगलुञ्जेलसम्म उमाल्नुहोस् । पानीलाई बिस्तारै–बिस्तारै टाउकोमा रगड्नुहोस् । यसबाट टाउकोको पूरै मैला निस्किन्छ तथा कपाल झर्न रोकिन्छ ।

-एक सय ग्राम नीमको पातलाई एक लिटर पानीमा उमाल्नुहोस्, यसले टाउको धुनुहोस् । टाउकोका फोकाहरू हट्नेछन् । साथै, खुइलिएको स्थानमा पनि कपाल उम्रिन थाल्नेछन् । टाउको धोइसकेपछि नीमको तेल लगाउनुहोस् । –अनारको पात पिसेर कपालमा त्यसको लेप लगाउनाले खुइलिएको स्थानमा कपाल पलाउँछ ।

-कपाल खुइलिएको ठाउँमा हरियो धनियाँको रस लगाउनाले कपाल उम्रिन थाल्छन् ।

-बन्दाको रसले नियमित मसाज गर्दा कपाल खुइलिने, टुक्रिने, झर्ने समस्याबाट बच्न सकिन्छ ।

-केराको बोक्राको मालिसले कपाल झर्ने समस्या हट्छ । –ताजा सयपत्रीका पात मिचेर कपालमा लगाउनुहोस्, एकदुई घण्टासम्म राख्नुहोस् र धुनुहोस् ।

-नियमित कागती टाउकोमा रगड्नाले पनि कपाल उम्रिन्छन् ।

-हप्तामा एक या दुई पटक आधा कचौरा दहीमा एउटा कागती निचोरेर कपालमा लगाउनुहोस् । त्यसपछि नुहाउनुहोस् । कपालको जरा बलियो हुनेछ ।

-महमा कागतीको रस मिलाएर जरामा लगाउनुहोस् । आधा घण्टापछि टाउको धुनुहोस् । एक महिनाभरि, हप्तामा दुई पटक यसो गरिए कपाल बलियो भएर झर्न रोकिनेछ । कपाल चम्किलो बन्नेछ ।

-एक कागतीको रस, आधा कचौरा तेलमा मिसाएर सुत्ने बेला कपालमा लगाउनुहोस्, बिहान कपाल पखाल्नुहोस् । नरम हुनुका साथै कपाल झर्न बन्द हुनेछ ।

-दुई ठूलो चम्चा दाना मेथी रातभरि पानीमा भिजाउने । बिहान मसिनो पिसेर कपालमा लगाउनुहोस् । आधा घण्टाजति राख्नुहोस् । यसबाट कपाल झर्न कम हुन्छ र सुक्खापन पनि हट्छ ।

-कपाल खुइलिएको ठाउँमा काँक्राको रस लगाउँदा पनि कपाल उम्रिन थाल्छन् ।

-एक गिलास पानीमा दुई चम्चा चियापत्ती हालेर उमाल्नुहोस् । चिसो भइसकेपछि यसमा कागती निचोर्नुहोस् । कपालमा दल्नुहोस् । सुकेपछि सफा पानीले पखाल्नुहोस् । यसो गर्दा कपाल स्वस्थ, चम्किलो र बलियो बन्छ ।

-झर्नबाट रोक्न कपाललाई बाफ दिइरहनुपर्छ ।
-तुलसीका बीउलाई बेल या नीमका पातसँग उमालेर, त्यसले कपाल धुनाले लाभ हुन्छ ।

-भाङका पातको रसले मसाज गर्दा पनि कपाल झर्न बन्द हुन्छ

प्रकाशित मिति: Jul 19, 2020

प्रतिक्रिया दिनुहोस्