Logo
३० श्रावन २०७७
(July 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाउँपालिका अध्यक्ष माथि स्थानीयको आक्रमण, कार्यालयमै खुकुरी प्रहार

मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्की माथि कार्यालयमै खुकुरी प्रहार भएको छ । शुक्रबार स्थानीय भवन ठकुरीले खुकुरी प्रहार गरी अध्यक्ष कार्कीलाई गम्भिर घाइते बनाएको प्रहरी चौकी केराबारीका प्रहरी नायव निरिक्षक दिपक बरालले जानकारी दिए ।

आर्थिक बर्ष २०७६र७७ असार मसान्त सम्म गाउँपालिकाको पटके करको ठेक्का लिएका ठकुरीले साउन १ देखि गाउँपालिका आफैले कर उठाउन थालेपछि कार्की माथि आक्रमण गरिएको हो ।  घाईते अध्यक्षलाई उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएको छ ।

 

प्रकाशित मिति: २ श्रावण २०७७, शुक्रबार १४:३४

प्रतिक्रिया दिनुहोस्