Logo
८ बैशाख २०८१, शनिबार
(July 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाँझोपन भनेको के हो? जान्नुहोस् यसका लक्षण तथा रोकथामका उपायहरु

बाँझोपन केहो हामीलाई थाहा भएकै कुरा हो । सामान्यतया दम्पतीले परिवारनियोजनको कुनै पनि साधनको प्रयोगविना शारीरिक सम्बन्ध राख्दा पनि एक वर्षसम्म बच्चा नभएको अवस्थालाई बाँझोपन भन्ने गरिन्छ ।

बाँझोपन प्राइमरी तथा सेकेन्डरी गरी दुई प्रकारका हुन्छन् । प्राइमरी बाँझोपनमा कहिले पनि बच्चा बसेकै हुँदैन भने सेकेन्डरीमा एकपटक बच्चा बसेर पनि अर्काेपटक बच्चा बसेको हुँदैन । कुनै बाँझोपन जन्मैदेखि हुन्छ भने कुनै पछि मात्र हुने गर्छ ।

जन्मैदेखि हुने (प्राइमरी) बाँझोपनमा पाठेघर नहुने, डिम्बाशयको विकास राम्रोसँग नहुने, पाठेघरको इन्फेक्सन भएर ट्युब ब्लक भएर हुने, उमेर कटेर डिम्बाशयमा अण्डा नै कम हुने तथा श्रीमान्को शुक्रकीट नै कम हुने अथवा शुक्रकीट नहुनेजस्ता कुराहरू पर्छन् ।

पाठेघरमा विभिन्न प्रकारका संक्रमण भएर अथवा ट्युब बन्द भएर बच्चा भएन अथवा दोस्रो बच्चा जन्माउने वेला उमेर ३५ वर्ष नाघिसक्यो अथवा डिम्बको उत्पादन नै बन्द भइसक्यो अथवा श्रीमान्लाई लागेको कुनै रोगका कारण उसको प्रजनन क्षमतामा कमी आयो भने सेकेन्डरी बाँझोपनको समस्या आउन सक्छ ।

करिब १२ प्रतिशत बाँझोपनामा तौल मुख्य कारण हुनेगर्छ । विशेषगरी, शरीरको तौल बढी भएमा शरीरको फ्याटले एस्ट्रोजेन नामक हर्मोनको उत्पादन गर्छ, जसले ओभ्यूलेशनलाई असर पुर्‍याउँछ ।

एक अध्ययनले जनाए अनुसार सातामा चार घण्टा दौडने वा एरोविक्स गर्ने महिलाको तुलनामा एक्सरसाइज नगर्ने महिलामा गर्भधारण गर्ने सम्भावना ४७ प्रतिशतले कम हुने गर्छ ।

गर्भनिरोधक चक्कीको प्रयोगले बाझोपनाको समस्या निम्तने मानिसको आम धारणा छ । जबकी गर्भनिरोधक चक्कीको सेवनले गर्भधारणा गर्नमा कुनै समस्या हुँदैन । बरु यसको लगातारको प्रयोगले गर्भधारण गर्नमा सहयोग पुग्ने गर्छ ।

एक शोधले जनाए अनुसार चार वर्ष भन्दा कम समय गर्भनिरोधक चक्की सेवन गर्ने महिलामा दुई वर्ष भन्दा कम समय यो चक्की सेवन गर्ने महिलाको तुलनामा गर्भवती हुने सम्भावना धेरै रहेको थियो ।

उक्त शोधले जनाए अनुसार यस्ता चक्कीले ओभ्यूलेशन रोक्दछ भने केहीले अण्डालाई जिवित राख्नमा पनि मद्दत गर्दछ ।

चाडै रजनोवृत्ति हुने आमाहरुमा उनीहरुबाट जन्मने सन्तानमा पनि छिटो रजनोवृत्ति हुने सम्भावना धेरै हुन्छ । त्यस्तै, परिवारमा कसैलाई बाझोपनाको समस्या छ भने परिवारका अन्य सदस्यलाई पनि बाझोपनाको समस्या हुने सम्भावना उच्च हुन्छ ।

बाझोपनका लक्षणहरु 

– महिलामा रजस्वलाको अनियमित पिरियड वा बिच बिचमा पिरियड रोकिनु पनि गर्भ नबस्नुको एक लक्षण हो । रजस्वलाको वृत्ति २८ दिनबाट २१ दिनमा झरेमा वा पिरियड रोकिएमा मासिक धर्म रोकिन्छ । कुनै कुनै महिलामा २० वर्षदेखि नै रजस्वला अनियमित हुन्छ जसका कारण बाझोपनको समस्या हुन्छ ।

– बाझोपनको शिकार भएका ५ देखि १० प्रतिशत महिलाको पिरियड पिडादायी हुन्छ । पाठेघरमा हुने एक प्रकारको ट्युमरले यस्तो पीडा हुन्छ ।

– तपाईको अनुहार र शरिरको अन्य भागमा मा अत्यधिक रौं भएमा तपाईमा पोलिसाईटिक ओभरी सिन्ड्रोम अर्थात पीसीओएसको समस्या हो । रौं बढी हुनु हर्मनको असन्तुलन वा बाझोपनको संकेत हो ।

– यदि तपाईको आँखा धमिलो हुँदै गएको छ वा राम्रोसँग देख्न सक्नु हुदैन भने पनि बाझोपनको लक्षण हो । पुरुष र महिला दुबैमा यो लक्षण देखिन्छ ।

– बाझोपनको सवालमा झण्डै ४० प्रतिशत घटनामा पुरुष जिम्मेवार हुने गरेका छन् । यौन इच्छा नहुने वा लिंग उत्तेजित नहुने, स्खलनको समस्या, अन्डाकोष सुनिने पुरुषहरु बाझोपनको संकेत हो ।

– यदि यौन कार्य पीडादायी भएमा पनि यसले महिला बाझोपनको संकेत गर्छ ।

-बढी मोटा महिलाहरुमा गर्भ नबस्ने सम्भावना हुन्छ । तर, अवश्यकता भन्दा कम तौल भएमा, वढी व्यायाम गर्ने वा धावक भएमा पनि अनियमित पिरियड हुन्छ बाझोपनको खतरा हुने अमेरिकाको रोक नियन्त्रण तथा रोकथाम नियन्त्रण केन्द्रले जनाएको छ ।

– कपाल बढी झर्छ वा पातलो छ भने थाइरोडले कार्यमा अबरोध भई ओभुलेसनलाई असर गर्छ । एक पछिल्लो अध्ययन अनुसार बाझोपन भएका २ दशमलब ३ प्रतिशत महिलामा थाइरोड बढी सक्रीय भएको पाइएको थियो ।

– ४१ दशमलब ६ मानिसमा भिटामिन डीको कमीका कारण बाझोपनको शिकार हुने गरेका अमेरिकाको राष्ट्रिय रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जनाएको छ ।

बाँझोपन रोकथामका उपाय
बाँझोपनका कारण मानिसमा आर्थिक, सामाजिक, मनोवैज्ञानिक लगायत विभिन्न समस्या आउने भएकाले यसको रोकथाम एकदमै महत्वपूर्ण मानिन्छ ।
-महिलाले २२ देखि २९ वर्ष उमेरभित्रै बिहे गरेर बच्चा पाउनु राम्रो मानिन्छ ।

-उपयुक्त समयमा विवाह गर्ने ।
– प्रजनन अंगहरूमा विभिन्न संक्रमण भएमा समयमै उपचार गराउनुपर्छ ।
– समयमै बच्चा जन्माउने योजना बनाउने ।- असुरक्षित गर्भपतन नगराउने ।
– परिवारनियोजनका साधनहरूमध्ये कन्डमको प्रयोग गर्ने । (स्वास्थ्य पत्रिका)

प्रकाशित मिति: Jul 17, 2020

प्रतिक्रिया दिनुहोस्