Logo
१५ चैत्र २०८०, बिहीबार
(July 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीको ‘अयोध्या’ भाषणको असर : भारतको वाराणसीमा नेपालीमाथि दुर्व्यवहार

प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्यावारे दिएको बयानको नतिजा भारतमा बस्ने नेपालीले भोग्न परेको छ ।

उनको अभिव्यक्तिपछि भड्एिका भारतीयहरु नेपाली नागरिकमाथि दुर्व्यवहार गरिरहेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय क्षेत्र वाराणसीमा विश्व हिन्दु सेनाले एक नेपाली युवकको शीर मुण्डन गरेर दुर्व्यवहार गरेको भारतीय टेलिभिजन च्यानल आजतकले जनाएको छ ।

ती युवकको शीरमा उक्त संगठनका कार्यकर्ताहरुले ‘जय श्रीराम’ लेखेका छन् । उनीहरुले नेपाली युवकबाठ जवरजस्ती आफ्नो संगठन र भारतको समर्थन र नेपालका प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्न लगाएका छन् ।

हिन्दुवादी संगठन विश्व हिन्दु सेनाले उक्त घटनाको भिडियोे सामाजिक सञ्जालमा भाइरल गरेको छ । भिडियोमा गंगा घाटको दृष्य देखिन्छ ।

उक्त भिडियोमा नेपाली युवकका पछाडिबाट कार्यकर्ताहरु संगठन र हिन्दुस्तान जिन्दाबादको नारा लगाइरहेको देख्न सकिन्छ ।

हिन्दुवादी संगठनले नेपाली युवकमाथि दुर्व्यवहार गर्नुभन्दा अघि बिहीबार बिहान वाराणसीको चोक क्षेत्रमा रहेको नेपाली मन्दिर बाहिर चेतावनीयुक्त पोस्टर लगाएको थियो ।

प्रकाशित मिति: Jul 17, 2020

प्रतिक्रिया दिनुहोस्