Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साउदीमा म्याद सकिएका नेपालीको भिसाको सयम ३ महिना थप, शुल्क बुझाउन नपर्ने

साउदी अरबले म्याद सकिएका आवासीय भिसाको समय तीन महिना थपिदिएको छ । यसको लागि कामदार वा रोजगारदाताले थप शुल्क बुझाउनुपर्ने छैन ।

साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले भिसाको म्याद समाप्त भएका कामदारले कानुनी हैसियत पाएको बताए । यसले आवासीय भिसाको म्याद समाप्त भएका कामदार गैरकानुनी हैसियत हुनबाट जोगिएका छन् ।

साउदी अरबको राहदानी विभाग (जवाजत) का अनुसार राजकीय निर्णयअनुसार कामदारको भिसाको म्याद थपिएको हो । भिसाको समय थप गर्नका लागि जवाजतमा गई आवेदन दिइराख्नु पर्ने छैन ।

‘भिसाको म्याद समाप्त भएकाहरुको हकमा के हुन्छ भन्ने चिन्ता थियो । सयौं नेपालीले दूतावासमा सम्पर्क गरिरहेका थिए,’ उनले भने,‘कामदारले अब भिसाका विषयमा चिन्ता लिनुपरेन ।’

बिदामा नेपालमा आएका कामदारको पनि भिसाको म्याद आफै थपिएको छ । नेपालमा रहँदा भिसाको म्याद समाप्त भए पनि हवाई उडान खुलेपछि उनीहरुले भिसालाई प्रयोग गर्न पाइने साउदीको राहदानी विभागले जनाएको छ ।

प्रकाशित मिति: Jul 15, 2020

प्रतिक्रिया दिनुहोस्