Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाउनुहोस् ! रुद्राक्षका औषधीय अनेकौँ गुणहरू

रुद्राक्ष भने पछि हामी सबैलाई थाहा भएकै कुरा हो । यसले धार्मीक मान्यता तथा आयुबेदिक औषधिको रुपमा हेर्ने गरिन्छ ।

रुद्राक्ष नेपालको मध्य पहाडी क्षेत्रमा पाईने वनस्पति र यसमा फल्ने फल हो । यसको रुख र फल दुबैलाई नेपाली,संस्कृत र हिन्दी भाषामा रुद्राक्ष भनिन्छ । रुद्राक्षलाई हाम्रो गाउँघरमा दाना भनेर पनि चिनिन्छ ।

रुद्राक्षको एकै बोटमा एकपटक फल लाग्दा विभिन्न मुख, आकार र विभिन्न नापका दानाहरू फल्दछन् । यसको दानामा माथिबाट झरेका रेखाहरू रेखाहरू हुन्छन् । त्यही रेखालाई मुख भनिन्छ र जतिवटा रेखा हुन्छन् त्यति नै मुखे रुद्राक्ष भनिन्छ ।

आयुर्वेद विज्ञानमा रुद्राक्षलाई महाऔषधिको रुपमा लिइन्छ । रुद्राक्ष उष्ण तथा अम्लयुक्त हुने भएकोले वाथ तथा कफ रोग हटाउने गुण यसमा हुन्छ ।

रक्तचाप, मृगी (छारे रोग), स्वप्नदोस जस्ता विकारबाट मुक्ति मिल्छ । रुद्राक्षको धारणबाट दरिद्रता नास हुने जनविश्वास छ । उच्च रक्तचाप, भूतवाधा, शारिरिक दुर्वलता, पेटको रोग र छालाको रोगमा रुद्राक्ष रोग निवारण गर्ने काम गर्छ ।

यसमा भिटामिन ‘सि’ हुने हुँदा रगत बढाउन, सफा गर्न र रक्तविकार नासगर्न उपयोगी छ । रुद्राक्षमा रोग नासगर्ने शक्ति हन्छ । रुद्राक्ष धारणमात्रैले पनि ज्वरो, उत्जेना, अनिन्द्रा ।

रुद्राक्ष धारण र सेवन विषयमा विभिन्न शास्त्रमा उल्लेख गरिएको छ । योग वैद्य वा आयुर्वेद ज्ञाताको परामर्श लिएर रुद्राक्ष धारणा गर्नु बढी लाभलायी हुन्छ ।

विशेष गरी निम्न लिखित रोगको निवारणमा रुद्राक्षको प्रयोग गरिन्छ ।

मानसिक रोग
गाईको दूधमा चारमुखे रुद्राक्ष डुबाएर उक्त दूध दिनको दुई पटक सेवन गरेमा केही दिनमा मनमस्तिक शान्त हुन्छ र स्मरण शक्ति समेत बढाउन मद्दत गर्छ ।

उच्च रक्तचाल
रुद्राक्ष मालाको धारणलेमात्र पनि रक्तचाप नियन्त्रणमा आउँछ । पाँचमुखे रुद्राक्ष र स्वर्णपाक्षिक भष्म बराबर मिलाएर महसँग खाने गरेमा केही दिनमै रक्तचाप नियन्त्रण हुन्छ ।

स्मरणशक्ति बढाउन
चारमुखे अथवा ६ मुखी रुद्राक्ष पूजा गरी धारण गर्नाले स्मरणशक्ति बढ्छ ।

पेटको रोग
हरेक दिन साँझको समयमा तामाको भाडामा पानी राखी पाँच ओटा रुद्राक्ष भिजाउने र भोलिपल्ट उक्त पानी पिउने । ४० दिन यो प्रक्रिया गर्दा पेटको प्राय सबै रोग निको हुन्छ ।

छालाको रोग
कालो गाईको सुख्खा गोवर र पाँचमुख रुद्राक्षको भष्म गंगा जलमा मिलाएर शरिरमा लगाउने गरेमा सबै छालाको रोग निको हुन्छ ।

आगोले पोलेमा
तीनमुखे रुद्राक्ष घोटेर नरिवलको तेल तताई मनतातो लगाउने गरेमा पोलेको घाउमा आराम मिल्छ ।

मुर्छा वा हिस्टेरिया
महिलामा मुर्छा र हिस्टेरिया हुने रोग छ भने छ मुखे रुद्राक्ष विधिपूर्वक पूजा गरेर धागोको सहायताले कम्मरमा बाधिदिनाले उक्त समस्या समाधान हुन्छ ।

अजिर्ण
दशमुखे रुद्राक्ष गोलमरिच बराबरमात्रामा साँझपख पानीमा पकाएर राख्ने र विहान खाली पेटमा उक्त पानी दुई गिलास पिउने गरेमा केही दिनमै अजिर्ण समाप्त हुन्छ ।

काश रोग
दशमुखे रुद्राक्ष गाईको दुधमा घोटेर दिनको तीन पटक चाट्ने गरेका पुरानो काश रोग समेत निको हुन्छ ।

ज्वरो
विधिपूर्वक पूजन गरेर तीनमुखे रुद्राक्ष धारण गर्नाले ज्वरो निको हुन्छ ।

कपाल झरेमा
नौमुखे रुद्राक्षको भष्म अमलाको रसमा मिलाइ दिनको दुई पटक कपालको फेदमा लगाउने गरेमा दुई महिनाभित्रै कपाल कालो भएर आउँछ र झर्न समेत बन्द हुन्छ ।

कम्मर दुखेमा
पाँच मुखे रुद्राक्षलाई ढुंगामा घोटेर बाख्राको दूधमा खाने गरेमा केही दिनमै कम्मर दुख्ने रोग ठिक हुन्छ ।

चिलाउने रोगमा
हलेदो, नीमकोपात र छमुखे रुद्राक्ष बराबर मिसाइ पानीमा भिजाउने र त्यसलाई पिसेर मालिस गर्नाले चिलाउने रोग निको हुन्छ ।

भूतप्रेत वाधा हटाउन
विधिपूर्वक पूजा गरी दशमुखे रुद्राक्ष गला वा पाखुरामा धारण गर्नाले भूतप्रेत लाग्दैन ।

दरिद्रता नासगर्ने
सातमुखे रुद्राक्ष विधिपूर्वक पूजा गरी गला अथवा पाखुरामा धारण गरी प्रत्येक दिन महालक्ष्मी मन्त्रपाठ गर्नाले दरिद्रता नास हुन्छ ।

आँखा दुखेमा
पाँचमुखे रुद्राक्ष घोटेर आँखामा लगाउँदा आँखाको पीडा कम हन्छ ।

रुद्राक्षलाई पिंधेर महको साथमा लगाउँनाले दादमा लाभ हुन्छ ।
रुद्राक्षको शरीरमा स्पर्शले उत्तेजना, रक्तचाप तथा हृदय रोग आदिलाई नियंत्रित गर्दछ ।
रुद्राक्षको फललाई पिंधेर लगाउँनाले दाह (जलन) मा शान्ति हुन्छ। सितलता प्राप्त हुन्छ ।
रुद्राक्षलाई पिंधेर दुधको साथमा अनुहारमा लगाउँनाले अनुहारको डण्डिफोर नष्ट हुन्छ ।
यदि बच्चाको छातिमा कफ जमेको छ भने रुद्राक्ष घोटेर महमा मिलाएर ५-५ मिनट को अन्तरालमा रोगी बच्चालाई चटाउनाले उल्टीद्वारा कफ निस्कन्छ र बच्चालाई एकछीनमा निको महसुस हुन्छ । ( पत्रपत्रिका)

प्रकाशित मिति: Jul 14, 2020

प्रतिक्रिया दिनुहोस्