Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजतक सहित ४ ओटा भारतीय न्यूज च्यानलको प्रसारणमा रोक जारी राख्दै अन्य सुचारु गर्ने निर्णय

नेपालका केबल अपरेटर कम्पनीहरूले चार भारतीय न्यूज च्यानलको प्रसारणमा लगाएको रोक कायमै राख्दै अन्य च्यानलहरुको प्रसारण खोल्ने निर्णय गरेको छ ।

केबल अपरेटर कम्पनीहरूको बसेको बैठकले जी न्यूज, आजतक, इन्डिया टिभी र एबीपी न्यूजको प्रसारण बन्द राखेर अन्य च्यानलको प्रसारण खोल्ने निर्णय गरेको डिसहोमका प्रवन्ध निर्देशक सुदीप आचार्यले बताए ।

उनका अनुसार डिसहोममा सुरुदेखि नै यी चार वटा न्यूज च्यानलको मात्र प्रसारण रोकेको थियो । तर केही केबल अपरेटरहरुले अरु च्यानलको पनि प्रसारण रोकेको पाइएको छ ।

नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीबारे भ्रामक एवम् आपत्तिजनक समाचार प्रसारण गरेपछि केबल अपरेटरहरूले २५ असारमा भारतीय न्यूज च्यानलको प्रसारणमा रोक लगाएका थिए ।

सरकारले पनि परिस्थिति अनुकूल भएर नसुध्रिदासम्म भारतीय न्यूज च्यानलको प्रसारणमा लगाएको रोक कायम राख्न भनेको छ ।

प्रकाशित मिति: Jul 13, 2020

प्रतिक्रिया दिनुहोस्