Logo
११ बैशाख २०८१, मंगलबार
(July 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतको अनुकूलमा कोशी व्यारेजको ढोका खोल्दा नेपाली बस्ती जोखिममा, स्थानीय त्रसित

सुनसरी : पहाडी जिल्लाहरुमा परेको लगातारको वर्षाका कारण सप्तकोशीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेसँगै स्थानीय प्रशासनले आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाएको छ ।

पानीको बहाव वर्षकै उच्च भएपछि कोशी प्रभावित क्षेत्र सुनसरीका महेन्द्रनगर, प्रकाशपुर, हरिपुर, बराहक्षेत्रलगायत दर्जनौ बस्तीका बासिन्दा त्रसित भएका छन् ।

कोशीमा आएको बाढीले क्षति नपुर्‍याओस भन्दै सप्तकोसी आसपासका क्षेत्रमा उद्धार सामाग्रीसहित सशस्त्र प्रहरी परिचालन गरिएको छ । सप्तकोशीमा प्रतिसेकेण्ड पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ ।

भारत सरकारको नियन्त्रणमा रहेको कोशी व्यारेजमा आफू अनुकुल मात्र ढोका खोल्ने गरेका कारण नेपालीहरु त्रसित हुनु परेको सुनसरीको बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालले बताएका छन् ।

पानीको बहाव बढेपछि खतरा उत्पन्न हुन सक्ने भन्दै कोशी आसपासका क्षेत्रका बासिन्दालाई सचेत रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

सशस्त्र प्रहरी नायव उपरीक्षक देवराज विष्टको कमाण्डमा ५० जनाको टोली सप्तकोशी आसपासका क्षेत्रमा उद्धार सामग्रीसहित चौविसै घण्टा परिचालन भएको छ ।

 

प्रकाशित मिति: Jul 12, 2020

प्रतिक्रिया दिनुहोस्