Logo
८ बैशाख २०८१, शनिबार
(July 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दाङमा पुनःदेखियो सलह, पानीको प्रवाह नगरी किसानहरु खेतबारीमा रित्ता भाँडा ठटाउँदै

प्रदेश ५ स्थित दाङको राप्ती गाउँपालिका वडा नं.२, ३ र ४ मा ठूलो संख्यामा पून सलह किरा देखिएको छ ।

पूरै गाउँ ढाक्ने गरी सलह किरा आकाशमा उडेको देख्नासाथ पानीको प्रवाह नगरी किसानहरु आआफ्नो खेतबारीमा पुगेर रित्ता भाँडा ठटाइरहेका छन् ।

किसानहरुले सलह किरा भगाउन थाल, जर्किन, टिनका भाँडा ठटाउने गरे पनि हल्लाखल्ला गरे पनि कतिपयको मकैबाली सलह किराले खाएर सखाप पारेको राप्ती गाउँपालिकाको लालमटियाका बासुदेव न्यौपानेले बताए ।

यसअघि असार १३ मा नेपाल पवेश गरेको सलह १६ असारमा देउखुरी क्षेत्रमा देखिएको थियो । सो क्षेत्रमा मकैबाली सखाप पारेको थियो । फेरि पनि सलह किरा आएपछि किसानहरु त्रसित भएका छन् । पहिलेको सलहको झुण्ड भन्दा आज प्रवेश गरेको सलह निकै ठूलो भएको न्यौपानेले बताए ।

प्रकाशित मिति: Jul 12, 2020

प्रतिक्रिया दिनुहोस्