Logo
७ बैशाख २०८१, शुक्रबार
(July 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपाले प्राप्त गर्‍यो दल दर्ता भएको प्रमाणपत्र (थाह पाइराख्नुस् सबै नेताको फोन नम्बर)

काठमाडौँ : जनता समाजवादी पार्टीले निर्वाचन आयोगमा दर्ता भएको प्रमाणपत्र प्राप्त गरेको छ । जसपाका नेता शिवजी यादव र केशव झाले दल दर्ता भएको प्रमाणपत्र बुझेका हुन् ।

आइतबार दिउँसो निर्वाचन आयोगले उक्त दल दर्ता भएको प्रमाणपत्र जसपालाई प्रदान गरेको हो ।

दुई पार्टी राजपा र समाजवादी पार्टी एकीकरण भएपछि अब आयोगमा दर्ता १३१ दल भएका छन् ।

निर्वाचन आयोगको गत बुधबार बसेको बैठकले जसपा दर्ता गर्ने निर्णय गरेको थियो ।

गत वैशाख १० गते समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भई जसपा गठन गर्ने सहमति भएको थियो।

एकीकरण घोषणा भएको जसपाले दल दर्ताका लागि जेठ २५ गते आयोगमा आवश्यक कागजात बुझाएको थियो।

जसपाको सहमति अनुसार पार्टीको केन्द्रीय कार्यकारिणी समिति अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहेका छन्।

भने पार्टीका वरिष्ठ नेतात्रयमा अशोककुमार राई, डा. बाबुराम भट्टराई र राजेन्द्र महतो रहेका छन्। तत्कालका लागि ३० सदस्यीय कार्यकारिणी सदस्य घोषणा गरिएको छ।

थाह पाइराख्नुस् सबै नेताको फोन नम्बर : 

प्रकाशित मिति: Jul 12, 2020

प्रतिक्रिया दिनुहोस्