Logo
८ बैशाख २०८१, शनिबार
(July 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल–भारतबीचको विवाद समाधानमा वार्ताको विकल्प नभएको सम्बद्ध क्षेत्रका व्यक्तिको सुझाव

काठमाडौं । नेपाल–भारतबीच देखिएका समस्या समाधानका लागि दुबै देशका सरकारबीच तत्काल वार्ता हुनुपर्ने सुझाव सम्बद्ध क्षेत्रका व्यक्तिहरुले दिएका छन् ।

पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवको प्रमुख आतिथ्यमा नेपाल भारत–विश्व मैत्री संघले आयोजना गरेको कार्यक्रममा वार्तागरी समस्या समाधान गर्न दुबै देशका सरकार र सम्बद्ध निकायलाई अपिल गरिरएको हो ।

परापूर्व काल देखी नागरिक स्तरमा दुई देशका जनताबीच मित्रता, हार्दिकता र मजवुत सम्बन्ध रहेकोले त्यसलाई जिवन्त राख्दै अझ दुई देशबीचको सम्बन्ध सुमधुर बनाउदै जानु पर्ने धारणा सहभागीले राखेका थिए ।

नेपाल भारत विश्वमैत्री संघका सहअध्यक्ष डा डम्बर नारायण यादवको सभातित्वमा भएको ‘नेपाल भारत सम्बन्धमा वर्तमान समस्या र समाधानको उपाय’ कार्यक्रममा दुई देशबीचको सांस्कृतिक एकता, सीमा विवाद र यसको समाधानको बारेमा चर्चा गरिएको थियो । कार्यक्रममा सम्बद्ध क्षेत्रका व्यक्तिहरुको सहभागी साथै नेपाल भारत–विश्व मैत्री संघका पदाधिकारीको उपस्थिति थियो।

संघले यसअघि पनि विभिन्न कार्यक्रम गरि सम्बन्धित निकाय र जनता लाई सचेत गर्दै तत्काल वार्ता गरी समस्या समाधान गर्न नेपालस्थित भारतीय दुतावास र परराष्ट्र मन्त्रालयमा ज्ञापन पत्र बुझाएको थियो ।

प्रकाशित मिति: Jul 12, 2020

प्रतिक्रिया दिनुहोस्