Logo
८ बैशाख २०८१, शनिबार
(July 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लकडाउन अवधिमा मात्रै यूएईमा ८९ जना नेपालीको मृत्यु

बैदेशिक रोजगारीको लागि गएका नेपालीहरुको लकडाउन अबधिभर संयुक्त अरब एमिरेट्स यूएईमा ८९ जनाको मृत्यु भएको छ ।

गएको चार महिनामा विभिन्न कारणले ८९ जना नेपालीको मृत्यु भएको यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ । त्यसमध्ये २९ जनाको कोरोना भाइरसका कारण मुत्यु भएको हो । कोरोनाका कारण ज्यान गुमाउनेमध्ये १ जना महिला र बाँकी २८ जना पुरुष रहेका छन् ।

गएको मार्च अन्तिम सातादेखि सुरु भएर जुलाई पहिलो सातासम्ममा ९लकडाउन अवधिभर० यूएईमा ८९ जना नेपालीको मृत्यु भएको दूतावासले जनाएको छ । ४२ जनाको अन्त्येष्टि यूएईमै ज्यान गुमाएका ८९ मध्ये ४२ जनाको अन्त्येष्टि यूएईमै गर्न दूतावासले ‘नो अब्जेक्सन’ जारी गरेको छ । ​यूएईमै अन्त्येष्टिका लागि नो अब्जेक्सन जारी गरेका ४२ जना कोरोना बाहेक अन्य कारणले ज्यान गुमाएका हुन ।

त्यस्तै कोरोनाको कारण ज्यान गुमाउने २९ जनाको पनि अन्त्येष्टि भइसकेको छ । बाँकी १८ जनामध्ये ११ जनाको शव नेपाल पठाइएको दूतावासले जनाएको छ । बाँकी ७ जनाको शव अझै पनि विभिन्न अस्पतालको शवगृहमा राखिएको छ ।

प्रकाशित मिति: Jul 12, 2020

प्रतिक्रिया दिनुहोस्