Logo
१२ बैशाख २०८१, बुधबार
(July 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बस्तीभन्दा खोला उचाइमा : डुबानमा पर्यो पोखराको बाँझापाटन

पोखरा : अविरल वर्षाका कारण पोखरा महानगरपालिका- १३ बाँझापाटन क्षेत्रमा बस्ती भन्दा नदीको उचाई माथी पूगेको छ ।

बाँझापाटन नजिकै रहेको काहुँखोलामा पानीको बहाव बढेपछि बस्ती जलमग्न बन्न पुगेको हो ।खोलामा जलसतह बढेपछि कमलपोखरी ताल नजिकै रहेको बस्तीका करिब २५ घर डुबानमा परेका छन् ।

बस्ती जलमग्न हुँदा स्थानीयहरु बाहिर निस्कन सकेका छैनन् । प्राय घरका भुइँतलामा बाढी पसेकाले बाहिर निस्कन नमिलेको स्थानीयले बताएका छन् ।

निरन्तर बर्षात् भइरहेकाले बस्तीमा डुवान अझै बढ्न सक्ने स्थानीयले बताएका छन् । बस्तीभन्दा खोला उचाइमा रहेकाले उक्त बस्ती वर्षेनी डुबानमा पर्दै आएको छ ।

प्रकाशित मिति: Jul 10, 2020

प्रतिक्रिया दिनुहोस्