Logo
४ बैशाख २०८१, मंगलबार
(July 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोखरा पहिरो अपडेट : ७ जनाको मृत्यु, प्रहरी चौकी डुबानमा, बाहिर निस्केर बस्न बाध्य

पोखरा : निरन्तर भइरहेको बर्षातका कारण कास्कीमा ठाउँठाउँमा गएको पहिरोमा परी ७ जनाको मृत्यु भएको छ । पहिरोमा परी १० भन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका- १८ सराङकोटमा ५ जना, पोखरा- २५ हेम्जामा एक जना र पोखरा- २६ पैतेडाँडामा एकजना रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिएका छन् ।

यस्तै पोखरा २७ डाँडाको नाकमा रहेको इलाका प्रहरी कार्यालय डुबानमा परेको छ । २ तले भवनमा रहेको उक्त प्रहरी चौकीमा निरन्तर बर्षातका कारण डुबानमा परेपछि स्थानान्तरण गरिएको प्रवक्ता हमालले जानकारी दिए । चौकी नै डुबानमा परेपछि त्यहाँ कार्यरत प्रहरी जवानहरु बाहिर निस्केर बस्न बाध्य छन् ।

निरन्तर बर्षातले प्रहरी चौकीको तल्लो तला नै डुबानमा परेको छ । क्षति धेरै हुने र काम गर्न कठिनाइ हुने देखिएकाले अहिले सबै सामान माथिल्लो तलामा सारेको प्रवक्ता हमालले बताए ।

प्रकाशित मिति: Jul 10, 2020

प्रतिक्रिया दिनुहोस्