Logo
७ बैशाख २०८१, शुक्रबार
(July 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाउनुहोस् ! पुरुषबाट महिला बनेर चर्चित भएका यी ५ मोडलहरु

हाम्रो समाजमा अझै पनि समलिंगीहरुलाई त्यति राम्रो मान्दैन तर पनि अहिलेको बर्तमान समयमा सोच परिवर्तन भएको छ । त्यसैले भारत र नेपाल लगायतका देशमा समलिङ्गीहरुको अवस्था केहि राम्रो भएको मान्न सकिन्छ ।

केही वर्ष अगाडि ट्रान्सजेन्डरहरुलाई हेर्ने नजर र अहिले उनिहरुलाई हर्ने नजरको अवस्थालाई तुलना गर्ने हो भने उनीहरुको अवस्थामा निकै फरक भएको पाइन्छ ।

सर्वोच्च अदालतले तेस्रो लिङ्गीको स्थान दिएपछि उनीहरु खुलेआम बाहिर आउन थालेका छन् ।यसैबीच, केही यस्ता चर्चित मोडलहरु छन् जसले ग्ल्यामरस दुनियाँमा पनि निकै चर्चा पाइरहेको छ ।

आजहामी तपाई सामु पुरुषबाट महिला बनेर चर्चित भएका यी ५ मोडलको बारेमा चर्चा गर्न गइरहेका छौं । जुन उनीहरू ‘ट्रान्सजेन्डर’ बनेरग्ल्यामरस दुनियाँमा राज गरेका छन् ।

१. बबी डार्लिङ

बलिउडमा बबी डार्लिङको नामले परिचित यी मोडल पंकज शर्माबाट बबी बनेकी थिइन् । उनको जन्म केटाको रुपमा भएको थियो । त्यसैले परिवारले उनको नाम पंकज राखिदिएको थियो । यद्यपि उनले २०१० स्तन ट्रान्सप्लान्ट गरिन् र आफ्नो नाम पाखी राखिन् । केही समयपछि उनी बबी डार्लिङको नामले चिनिन थालिन् । उनले ‘क्या कुल है हम’, ‘पेज ३’, ‘हंसी तो फंसी’ जस्ता फिल्ममा काम गरिसकेकी छिन् ।

२ . शिनाता सांघा

ब्रिटिस इन्डियन मोडल शिनाता सांघाले पनि लिङ्ग परिवर्तन गराएकी हुन् । उनी दक्षिण एसियाकी चर्चित ट्रान्सजेन्डर मोडल हुन् । ट्रान्सजेन्डर कम्युनिटीद्वारा आह्वान गरिएको ब्युटी पेजेन्ट्समा समेत उनले भाग लिइसकेकी छिन् । उनी मिस ग्ल्यामर क्वीन युनाइटेड किङडम पनि बनिसकेकी छिन् ।

३. अन्जली लामा

नेपालको नुवाकोटमा जन्मिएकी अन्जली लामा नबिन वाइबाको रुपमा जन्मिएकी थिइन् । उनले शल्यक्रियाबाट आफूलाई अन्जली लामाको रुप दिइन् । परिवार उनको विरुद्धमा हुँदाहुँदै पनि उनले आफूलाई अन्जली बनाएरै छोडिन् । उनी सफल मोडलको रुपमा चर्चित भएकी छिन् ।

४. निक्की

निक्कीले पनि केटाको रुपमा जन्म लिएकी थिइन् । उनी युवतीका कपडाहरु लगाउन निकै रुचाउँथिन् । तर, उनको परिवार निकै कडा भएकाले उनका लागि यो सम्भब हुने निकै मुश्किल थियो । अन्ततः उनले परिवारको विरु द्ध गएर २००९ मा लिङ्ग परिवर्तन गराइन् ।

५ . गौरी अरोड

बलिउडमा गौरी अरोडको नामले चिनिएकी यी मोडल लिङ्ग परिवर्तन गर्नुअघि गौरव अरोडा थिइन् । युवककै रुपमा उनले स्पिलिट्सभिला-८ मा प्रतिस्पर्धीको रुपमा रहेका थिए ।

उनले लिङ्ग परिवर्तन गरेका कारण निकै चर्चा समेत पाएका थिए । गौरव निकै ह्याण्डसम युवक थिए । तर गौरी बनेपछि पनि उनी निकै सुन्दर युवती बनिन् ।

एक अन्तवार्तामा उनले आफूलाई बच्चा बेलादेखि नै केटी हुन मन पराउने बताएकी थिइन् । (एजेन्सी)

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: Jul 10, 2020

प्रतिक्रिया दिनुहोस्