Logo
६ बैशाख २०८१, बिहीबार
(July 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्घात कुटिएकी महिलाको भिडियो डेढ महिनापछि भाइरल (भिडियो)

रुकुममा डेढ महिना अघि निर्घात कुटिएकी महिलाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । यो घटना रुकुम पश्चिम आठबीसकोट नगरपालिकाको हो ।

दुई जना पुरुष प्रहरी र एक महिला नगर प्रहरी मिलेर महिलामाथि कुटपिट गरेको भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ ।

जेठ १ गते हेल्थ डेस्कमा रहेकी स्वास्थ्यकर्मी डोल्मा मल्ललाई अश्लिल गाली गरेर हातपात गरेपछि २१ बर्षीय नेहा विष्टलाई नगर प्रहरी र प्रहरीले निर्घात अमानवीय तरिकाले कुटेका थिए ।

यो घटनामा महिला निरिह देखिएकी छिन् । जिल्ला प्रह्ररी कार्यालय रुकुमले उक्त घटनाबारे व्यापक विरोध र आलोचना भएपछि उक्त घटनाबारे छानबिन गर्ने भएको छ ।

घटनामा संलग्न प्रहरीलाई निलम्बन गरेर छानबिन थालेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । बुधबार रुकुम प्रहरीले घटनाबारे जानकारी पनि दिएको छ ।

उक्त महिलाले मादक पदार्थ सेवन गरेर आएको र स्वास्थ्य जाँच गर्ने क्रममा स्वास्थ्यकर्मी डोल्मा मल्ललाई अश्लिल गाली गरी हातपात गरेको र हेल्थडेस्कको डोरी चुँडाली कुर्सीसमेत फालेकाले डेस्कका सुरक्षाकर्मीले सम्झाइबुझाई गर्दा समेत नमानेपछि नियन्त्रणमा लिने क्रममा त्यस्तो हुन गएको उल्लेख गरेको छ ।

नगरप्रहरी निर्मला विकको सहयोगमा नेहालाई नियन्त्रणमा लिएर जेठ २ गते वडाध्यक्ष तारक शाहीको रोहवरमा छाडिएको छ ।

भिडियो :

प्रतिक्रिया दिनुहोस्