Logo
१२ बैशाख २०८१, बुधबार
(July 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिपक्षीको विरोधले २० दिनसम्म हुन सकेन छलफल, बजेट पारित हुँदै

कैलाली : सुदूरपश्चिम प्रदेश सरकारले सामान्य छलफल गरेरै प्रदेशसभाबाट आगामी आर्थिक बर्ष २०६७/०७७ को बजेट पारित गर्ने रणनीति लिएको छ । प्रतिपक्षी दलले लगातार संसद अवरोध गरेपछि सामान्य छलफल गरेरै बुधबार नै बजेट पारित गर्ने प्रदेश सभा सचिवालयले कार्यसूची तयार गरेको छ ।

असार १ गते प्रदेश सरकारले बजेट ल्याएको थियो । तर प्रतिपक्षी दलको विरोधका कारण २० दिनसम्म बजेटमाथि छलफल हुन सकेन । बजेट सन्तुलित नभएको, सरकारले कोरोना नियन्त्रणमा गरेको खर्च सार्वजनिक नगरेको र भ्रष्टाचार मौलाएको भन्दै प्रतिपक्षी दलले प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएका छन् ।

असार २१ गते प्रदेश प्रतिपक्षी दलको नाराबाजीकै बीच प्रदेशसभा बैठक सुरु भएको थियो । २१ गते र २३ गते प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र जनता समाजवादी पार्टीको विरोधकै बीच बजेटमाथिको छलफल अघि बढाएको प्रदेशसभाले बुधबार विरोधकै बीच पारित गर्ने तयारी थालेको छ ।

प्रकाशित मिति: Jul 8, 2020

प्रतिक्रिया दिनुहोस्